Recent Updates
  • कञ्चनपुर , फागुन ०३ ।
    कञ्चनपुरवाट फेरि ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास स्थित घर भित्र खाल्टोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भएको केहि घण्टा नबित्दै प्रहरीले फेरि कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।

    पुर्नवासमा आफ्नो ससुराली घरमा १८ किलो सुन लुकाउने लक्ष्मण तिरुवाकै घरबाट गएराती १ बजेतीर फेरि ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर सिह कडायतले सुन काण्ड बारे अनुसन्धान गर्ने क्रममा पुन लक्ष्मण तिरुवाको घरबाट उक्त परिमाणको सुन बरामद गरेको र बरामद सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको जानकारी दिनुभयो ।

    विहिवार जिल्ला प्रहरी कार्यालय कैलाली – कञ्चनपुर , केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र अपराध महाशाखाको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीमा घर भित्र खाल्डो खनेर राखिएको अबस्थामा १८ किलो सुन बरामद गरेको थियो । यो संगै कञ्चनपुरवाट जम्मा २३ किलो ६ सय ग्राम सुन बरामद भएको छ ।

    कञ्चनपुर , फागुन ०३ । कञ्चनपुरवाट फेरि ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास स्थित घर भित्र खाल्टोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद भएको केहि घण्टा नबित्दै प्रहरीले फेरि कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । पुर्नवासमा आफ्नो ससुराली घरमा १८ किलो सुन लुकाउने लक्ष्मण तिरुवाकै घरबाट गएराती १ बजेतीर फेरि ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर सिह कडायतले सुन काण्ड बारे अनुसन्धान गर्ने क्रममा पुन लक्ष्मण तिरुवाको घरबाट उक्त परिमाणको सुन बरामद गरेको र बरामद सुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको जानकारी दिनुभयो । विहिवार जिल्ला प्रहरी कार्यालय कैलाली – कञ्चनपुर , केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र अपराध महाशाखाको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीमा घर भित्र खाल्डो खनेर राखिएको अबस्थामा १८ किलो सुन बरामद गरेको थियो । यो संगै कञ्चनपुरवाट जम्मा २३ किलो ६ सय ग्राम सुन बरामद भएको छ ।
    Like
    1
    0 Comments 0 Shares 79 Views
  • 0 Comments 0 Shares 87 Views
  • 0 Comments 0 Shares 92 Views
  • 0 Comments 0 Shares 77 Views
  • Like
    1
    0 Comments 0 Shares 82 Views
More Stories