Recent Updates
  • 4
    0 Comments 0 Shares
  • https://youtu.be/wxX7kCoLghE
    https://youtu.be/wxX7kCoLghE
    6
    1 Comments 0 Shares
  • https://youtu.be/7_2r4zWApuk
    https://youtu.be/7_2r4zWApuk
    6
    1 Comments 0 Shares
  • smoke
    smoke
    6
    1 Comments 0 Shares
  • hello
    hello
    7
    1 Comments 0 Shares
  • नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं
    झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
    छानामाथि वैशाख हिँडिरहेछ
    भारी अल्छी पाइला सारेर
    भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
    पदचापले
    ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक्
    निस्तेज
    नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको पदचापले ट्वाक्……ट्वाक्……..ट्वाक्……..ट्वाक् निस्तेज
    8
    2 Comments 0 Shares
  • मान्छेबाट बञ्चित गर्नु भनेको
    खेल होइन दैवको
    दोष होइन भाग्यको
    कर्म होइन भावीले लेखेको
    श्राप होइन सतिले दिएका
    निर्विवाद
    खेलवाड हो दोस्रो मानवको ।

    एउटै पङ्तीमा उभिएको मान्छे
    एउटै संसारमा जन्मेर हुर्केको मान्छे
    किन ठूलो र सानो हुन्छ
    किन घृणा र माया हुन्छ
    किन अधिकार जन्मसिद्घ खोसिन्छ
    मान्छे एउटै हुनु पर्ने हो
    किन मान्छेबाट वञ्चित गरिन्छ
    निर्विवाद
    दुष्टचाल हो दोस्रो दानवको ।

    स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार
    किन स्वतन्त्र छैनन् जीवनहरु
    किन निरीह छन् मनहरु
    किन वर्वादीमा छन् खुशीहरु
    किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु
    त्यसैले
    एउटा मान्छेलाई
    मान्छेबाट वञ्चित गर्नु भनेको
    खेल होइन दैवको
    दोष होइन भाग्यको
    कर्म होइन भावीले लेखेको
    श्राप होइन सतिले दिएका
    निर्विवाद
    महाजाल हो दोस्रो महामानवको
    मान्छेबाट बञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद खेलवाड हो दोस्रो मानवको । एउटै पङ्तीमा उभिएको मान्छे एउटै संसारमा जन्मेर हुर्केको मान्छे किन ठूलो र सानो हुन्छ किन घृणा र माया हुन्छ किन अधिकार जन्मसिद्घ खोसिन्छ मान्छे एउटै हुनु पर्ने हो किन मान्छेबाट वञ्चित गरिन्छ निर्विवाद दुष्टचाल हो दोस्रो दानवको । स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार किन स्वतन्त्र छैनन् जीवनहरु किन निरीह छन् मनहरु किन वर्वादीमा छन् खुशीहरु किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु त्यसैले एउटा मान्छेलाई मान्छेबाट वञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद महाजाल हो दोस्रो महामानवको
    7
    2 Comments 0 Shares
  • जसै तिम्रो हृदयको आकार बदलियो
    सोच्यौ होला तिमीले यो संसार बदलियो

    सम्झन्छु नानाथरिका कसम, किरिया ती
    हो, छैन फाइदा अब जो पत्यार बदलियो

    गाउँछु, गाउँछु नि जिन्दगीको गीत अझै
    त्यो अर्कै कुरा हो, सहसा झन्कार बदलियो

    जिउँछु जिन्दगि, सकार्छु भोगाई अनौठा
    फरक यत्ति हो, जिउने आधार बदलियो
    जसै तिम्रो हृदयको आकार बदलियो सोच्यौ होला तिमीले यो संसार बदलियो सम्झन्छु नानाथरिका कसम, किरिया ती हो, छैन फाइदा अब जो पत्यार बदलियो गाउँछु, गाउँछु नि जिन्दगीको गीत अझै त्यो अर्कै कुरा हो, सहसा झन्कार बदलियो जिउँछु जिन्दगि, सकार्छु भोगाई अनौठा फरक यत्ति हो, जिउने आधार बदलियो
    8
    2 Comments 0 Shares
  • रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरु
    जति जोताए पनि मुस्काउने गाउँलेहरु
    भोकभोकै बगेका पसिना सुकाउनेहरु
    मन भरीको दुःख आफैभित्र लुकाउनेहरु
    तर पनि भोलीको मिठो आशमा रमाएकाहरु
    एक्कैछीन आनन्दले हातगोडा फिंजाएकाहरु
    आज अलपत्र यत्र तत्र छरिएका छन्
    कति त माटो मुनी त्यसै पुरिका छन् ।।
    मास्न सक्नेले शुरुमै जड्गल मासे
    पशु पंक्षी अनि वन्य जन्तु नाशे
    अहिले हेर गाउँलेहरु मासिदै छन्
    गाउँ गाउँ निसास्सिदै छन् ।।
    अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरु
    मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरु
    यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ
    नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ
    आफू जन्मेको गाउँ पुग्नलाई
    आफू हुर्केको आँगन टेक्नलाई
    भोकै भए पनि हातगोडा फिजाउनलाई
    निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।।
    निराशा छ गाउँलेसँग अब आशा छैन
    मेलापातमा रमाउने पिरतीको भाषा छैन
    पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ
    विस्तारित परिवार अब सास धान्न गाह्रो छ
    तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन
    अलपत्र शहरको पेटीमा, भीख मागेको हैन
    बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ
    गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।
    रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरु जति जोताए पनि मुस्काउने गाउँलेहरु भोकभोकै बगेका पसिना सुकाउनेहरु मन भरीको दुःख आफैभित्र लुकाउनेहरु तर पनि भोलीको मिठो आशमा रमाएकाहरु एक्कैछीन आनन्दले हातगोडा फिंजाएकाहरु आज अलपत्र यत्र तत्र छरिएका छन् कति त माटो मुनी त्यसै पुरिका छन् ।। मास्न सक्नेले शुरुमै जड्गल मासे पशु पंक्षी अनि वन्य जन्तु नाशे अहिले हेर गाउँलेहरु मासिदै छन् गाउँ गाउँ निसास्सिदै छन् ।। अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरु मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरु यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ आफू जन्मेको गाउँ पुग्नलाई आफू हुर्केको आँगन टेक्नलाई भोकै भए पनि हातगोडा फिजाउनलाई निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।। निराशा छ गाउँलेसँग अब आशा छैन मेलापातमा रमाउने पिरतीको भाषा छैन पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ विस्तारित परिवार अब सास धान्न गाह्रो छ तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन अलपत्र शहरको पेटीमा, भीख मागेको हैन बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।
    7
    2 Comments 0 Shares
  • नागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर
    चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल
    गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल
    पानी वर्षेर माटाको, सुगन्धमय रामपुर
    उच्च पर्वत मालाले, घेरेको छ उपत्यका
    छाँगा सुन्दर झर्नाले, चारैतिर सुशोभित
    हिमका कण बोकेर वायु घुम्छ सबैतिर
    यिनकै काखमा जन्म्यो सुरम्य टार रामपुर
    लेक-बेँसी घुमी पन्छी यसैभित्र रमाउँछन्
    प्रकृतिका नयाँ भाका, घर-घरै पुर्‍याउँछन्
    यहीँको पञ्चतत्त्वमा, बिउँत्यो सकल जीवन
    शिवदूती बगिरहन्छिन् जीवन-मरण-साथमा
    कोसौँ पाउ पसारेर, सुतेझैँ लाग्छ रामपुर
    सबैका साथमा आशीष दिन्छन् उनका दुवै कर
    बाहुन, क्षत्री, दमैं, सार्की, घर्ती, कामी, सबैतिर
    जन्म-मरणका घाट, सबै हिन्दू बराबर
    दिन-रात खियाएर, पौरखी कर्म-पाखुरा
    पसिना फल्दछन् मोती भाग्य-रेखा बनी पूरा
    दायाँ-बायाँ कर्म-नदी, सुसाई बग्दछन् जब
    लाखौं तरङ्ग फालेर, जगाई दिने रामपुर
    मनका भाव बिउँझेर, देखिन्छ दिव्य-सुन्दर
    जेसे, पातले सोलाखर्क, थुम्की ककनीका वन
    चिसापानी कटुँजेकै, थाप्ला छन् हिमका घर
    ओर्लिन्छन्, दूधका छाँगा, मनमोहक सुन्दर
    वन-पात सँगै हिंड्ने काम आफ्नो भए पनि
    मन बोकेर अर्काको, आफैँभित्र लुकाउने
    कहाँ-कहाँ ? पुगेका छन् ? गाउँ थियो एकै घर
    सम्झनाका तरेलीमा उर्लिंदै आउँछ रामपुर
    नागी नाघेर लेकाली कुद्छ कुइरो उँभैतिर चुइँयाँ स्थान पुगी फक्र्यो, पानी बोकेर बादल गज्र्यो धुम्धाम आकाश चम्की बिजुली झिलमिल पानी वर्षेर माटाको, सुगन्धमय रामपुर उच्च पर्वत मालाले, घेरेको छ उपत्यका छाँगा सुन्दर झर्नाले, चारैतिर सुशोभित हिमका कण बोकेर वायु घुम्छ सबैतिर यिनकै काखमा जन्म्यो सुरम्य टार रामपुर लेक-बेँसी घुमी पन्छी यसैभित्र रमाउँछन् प्रकृतिका नयाँ भाका, घर-घरै पुर्‍याउँछन् यहीँको पञ्चतत्त्वमा, बिउँत्यो सकल जीवन शिवदूती बगिरहन्छिन् जीवन-मरण-साथमा कोसौँ पाउ पसारेर, सुतेझैँ लाग्छ रामपुर सबैका साथमा आशीष दिन्छन् उनका दुवै कर बाहुन, क्षत्री, दमैं, सार्की, घर्ती, कामी, सबैतिर जन्म-मरणका घाट, सबै हिन्दू बराबर दिन-रात खियाएर, पौरखी कर्म-पाखुरा पसिना फल्दछन् मोती भाग्य-रेखा बनी पूरा दायाँ-बायाँ कर्म-नदी, सुसाई बग्दछन् जब लाखौं तरङ्ग फालेर, जगाई दिने रामपुर मनका भाव बिउँझेर, देखिन्छ दिव्य-सुन्दर जेसे, पातले सोलाखर्क, थुम्की ककनीका वन चिसापानी कटुँजेकै, थाप्ला छन् हिमका घर ओर्लिन्छन्, दूधका छाँगा, मनमोहक सुन्दर वन-पात सँगै हिंड्ने काम आफ्नो भए पनि मन बोकेर अर्काको, आफैँभित्र लुकाउने कहाँ-कहाँ ? पुगेका छन् ? गाउँ थियो एकै घर सम्झनाका तरेलीमा उर्लिंदै आउँछ रामपुर
    8
    2 Comments 0 Shares
More Stories