मास्टर आज तनाबमा छ । संधै ऊ कलेजको गेटबाट छिर्नासाथ कलेजका सञ्चालकलाई नमस्ते गथ्र्यो । सञ्चालकले मुस्कानका साथ नमस्ते फर्काउँथ्यो । तर आज अचम्म भयो । सञ्चालकले फिका नमस्ते फर्कायो, मुस्कान बिनाको । उसको दिमागमा नानाथरी कुरा खेल्न थाले । छोराको स्कूलको बिल सम्झ्यो, घरबेटीलाई दिनुपर्ने भाडा सम्झ्यो । यो पालि दशैँमा बुढीलाई एकसरो कपडा किनिदिउँला भनेको थियो, त्यो सारीको रङ्ग फिकाफिका देख्न थाल्यो ।

Like
2
0 Comments 0 Shares 98 Views 0 Reviews