व्यावसायिक ब्रोइलर कुखुरापालन एक छोटो समयमा आम्दानी लिन सकिने राम्रो व्यवसाय हो। ब्रोइलर कुखुरा मासु उत्पादनका लागि ६ देखि ८ हप्ता सम्म पालिञ्छ। भने त्यस अवधिमा सरदर प्रति कुखुरा बाट २.५ के.जी. तौल लिन सकिञ्छ l त्यसै गरि दाना को कुरा गर्दा दाना राम्रो भयो भने प्रति कुखुराबाट ३ केजी तौल लिन सकिञ्छ। ब्रोइलर कुखुराका विशेषताहरु सानो ठाउ ओगट्ने,छिटो आम्दानी दिने,दाना खाएको अनुपातमा मासु जिउमा लाग्ने आदि हुन्। त्यसै गरि मानिसका निम्ति उपयोगमा नआएका कतिपय खाध्यबस्तुहरु ब्रोइलर कुखुराको दानामा मिसाउन सकिञ्छ। यस व्यवसायले देसमा रहेको बेरोजगार जनशक्तिलाइ घटाई स्वरोजगार बनाउनमा सहयोग पुर्याउदछ। अब कुखुराको खोर निर्माण गर्दा जग्गाको छनोट,बजारको व्यवस्थापन,यातायातको सुबिधा,खानेपानीको सुबिधा,बिजुलीबत्तिको सुबिधा लगाएत इत्यादि कुरामा ध्यान दिनु पर्दछ। त्यसैगरी खोर निर्माण गर्दा खोर पुर्वपश्चिम दिशामा अवश्थित हुनुपर्दछ। खोरको छानामा प्रयोग गर्ने सामाग्री प्रत्यक्ष तापक्रम सोस्न सक्ने खालको हुनुपर्दछ। खोरमा भेन्टिलेसनको राम्रो व्यवस्था मिलाउनु पर्दछ जसले गर्दा खोरमा पर्याप्त अक्सिजन र तापक्रम नियन्त्रण हुन सकोस्। सबैभन्दा महत्वपुर्ण कुरा त खोर भित्र मुसा,चराचुरुंगी छिर्न दिनु हुदैन। त्यसैगरी चल्ला हालिसके पछि चल्ला हरु नतर्सिउन भन्नका लागि रेडियो तथा स्पिकर सानो साउण्डमा बजाउन सकिञ्छ।

यस व्यवसायमा तापक्रमको ठुलो भूमिका रहेकाले तापक्रममा विशेष ध्यान पुर्याउनु पर्दछ। कुखुरालाई बजारमा नपुर्याउञ्जेल सम्म ३ किसिमको दाना खुवाइञ्छ जस्तै;(स्टार्टस,प्रिस्टार्टसर र ग्रोअर)। कृषि प्राविधिकका अनुसार प्रति कुखुरा बराबर १ फिट ठाउ आवश्यक पर्दछ भनेतापनि कुखुराको बृदि विकासको लागि १.५ फिट ठाउँ आवश्यक पर्दछ। यो व्यवसाय सुरुमा गर्दा थोरै कुखुरा हालेर पनि गर्न सकिञ्छ। https://www.hamrowriters.com/uploads/2021/08/1628502418-screenshot-24.png
व्यावसायिक ब्रोइलर कुखुरापालन एक छोटो समयमा आम्दानी लिन सकिने राम्रो व्यवसाय हो। ब्रोइलर कुखुरा मासु उत्पादनका लागि ६ देखि ८ हप्ता सम्म पालिञ्छ। भने त्यस अवधिमा सरदर प्रति कुखुरा बाट २.५ के.जी. तौल लिन सकिञ्छ l त्यसै गरि दाना को कुरा गर्दा दाना राम्रो भयो भने प्रति कुखुराबाट ३ केजी तौल लिन सकिञ्छ। ब्रोइलर कुखुराका विशेषताहरु सानो ठाउ ओगट्ने,छिटो आम्दानी दिने,दाना खाएको अनुपातमा मासु जिउमा लाग्ने आदि हुन्। त्यसै गरि मानिसका निम्ति उपयोगमा नआएका कतिपय खाध्यबस्तुहरु ब्रोइलर कुखुराको दानामा मिसाउन सकिञ्छ। यस व्यवसायले देसमा रहेको बेरोजगार जनशक्तिलाइ घटाई स्वरोजगार बनाउनमा सहयोग पुर्याउदछ। अब कुखुराको खोर निर्माण गर्दा जग्गाको छनोट,बजारको व्यवस्थापन,यातायातको सुबिधा,खानेपानीको सुबिधा,बिजुलीबत्तिको सुबिधा लगाएत इत्यादि कुरामा ध्यान दिनु पर्दछ। त्यसैगरी खोर निर्माण गर्दा खोर पुर्वपश्चिम दिशामा अवश्थित हुनुपर्दछ। खोरको छानामा प्रयोग गर्ने सामाग्री प्रत्यक्ष तापक्रम सोस्न सक्ने खालको हुनुपर्दछ। खोरमा भेन्टिलेसनको राम्रो व्यवस्था मिलाउनु पर्दछ जसले गर्दा खोरमा पर्याप्त अक्सिजन र तापक्रम नियन्त्रण हुन सकोस्। सबैभन्दा महत्वपुर्ण कुरा त खोर भित्र मुसा,चराचुरुंगी छिर्न दिनु हुदैन। त्यसैगरी चल्ला हालिसके पछि चल्ला हरु नतर्सिउन भन्नका लागि रेडियो तथा स्पिकर सानो साउण्डमा बजाउन सकिञ्छ। यस व्यवसायमा तापक्रमको ठुलो भूमिका रहेकाले तापक्रममा विशेष ध्यान पुर्याउनु पर्दछ। कुखुरालाई बजारमा नपुर्याउञ्जेल सम्म ३ किसिमको दाना खुवाइञ्छ जस्तै;(स्टार्टस,प्रिस्टार्टसर र ग्रोअर)। कृषि प्राविधिकका अनुसार प्रति कुखुरा बराबर १ फिट ठाउ आवश्यक पर्दछ भनेतापनि कुखुराको बृदि विकासको लागि १.५ फिट ठाउँ आवश्यक पर्दछ। यो व्यवसाय सुरुमा गर्दा थोरै कुखुरा हालेर पनि गर्न सकिञ्छ। https://www.hamrowriters.com/uploads/2021/08/1628502418-screenshot-24.png
Love
Like
4
0 Comments 0 Shares 108 Views 0 Reviews