लौ जा, आज भारतबासीहरुलाई हिमाल बचाउने एउटा सुझाब दिन मन लाग्यो। हिमाल बच्यो भने हामी सबैको भलो हुन्छ। कोहि हुनु हुन्छ भने मेरो सुझाब छिमेकीहरुलाई सुनाई दिनु होस् त। अनि यो सुझाब दिने आईडिया कसरि आयो भन्ने कुरा पनि पढ्नु होस्। मेरो गल्ति भएमा सजाय माफी पाउँ।
Google Earth मा भारतको फोटोहरु हेर्दा अचानक एउटा कुराले मलाइ अचम्मै लाग्यो। त्यत्रो ठुलो देश भारतको उत्तर पुर्बको केहि भाग र दक्षिण पश्चिमको केहि भागहरुमा मात्र अलि अलि जंगलको Patch हरु देखियो। बाँकी सम्पूर्ण भाग एकदमै खालि देखियो। बिभिन्न भागहरुमा Zoom गरेर हर्दा पनि जंगल देखिएन। गुगलमा खोज्दा भारत को 21.67 प्रतिशत भाग मात्र जंगलले ढाकिएको भन्ने रहेछ। पत्यार लागेन भने तलको फोटो हेर्नु होस र आफैले गुगल अर्थ हेर्नु होस्।
त्यसैले छिमेकी भारतका साथीहरुलाई सके सम्म धेरै रुख बिरुवाहरु रोप्न र जंगल बढाउन सुझाब दिने आईडिया आएको हो। म त्यस बिषयको बिज्ञ भएर आईडिया दिएको होइन। तपाइहरुले धेरै भन्दा धेरै रुख रोप्नु भयो भने स्वच्छ हावा त पक्कै पाउनु हुन्छ । तर त्यो भन्दा पनि ठुलो फाइदा रुखहरुले बायुमंडलको कार्बन डाई अक्साईड ग्यास सोसेर Green House Effect कम गराउँछ र हिमालयको हिउँ पग्लने गति पक्कै पनि कम हुन्छ । अनि तपाईहरुको पानीको श्रोत सुक्दैन।
यो सुझाब भारतबासीहरुलाई मात्र होइन, नेपालबासीलाई पनि हो। म्याग्दी र पर्बत जिल्लामा सन् १९९७ देखि २०१९ सम्म १३ लाख रुखहरु रोप्ने अभियानको अध्यक्षको रुपमा पनि मैले अझै सम्म काम गरि रहेको छु - हिमालयन संरक्षण संस्था, नेपाल (The Institute for Himalayan Conservation) भन्ने संस्था मार्फत। सो संस्था जापानिज Professor Kawakita, Jiro ले 1970 को दशकमा सुरु गर्नु भएको थियो र उहाँले सन् 1984 मा Ramon Magsaysay Award पाउनु भएको रहेछ ।
#mahabir_pun
लौ जा, आज भारतबासीहरुलाई हिमाल बचाउने एउटा सुझाब दिन मन लाग्यो। हिमाल बच्यो भने हामी सबैको भलो हुन्छ। कोहि हुनु हुन्छ भने मेरो सुझाब छिमेकीहरुलाई सुनाई दिनु होस् त। अनि यो सुझाब दिने आईडिया कसरि आयो भन्ने कुरा पनि पढ्नु होस्। मेरो गल्ति भएमा सजाय माफी पाउँ। 😂🙏🤣 Google Earth मा भारतको फोटोहरु हेर्दा अचानक एउटा कुराले मलाइ अचम्मै लाग्यो। त्यत्रो ठुलो देश भारतको उत्तर पुर्बको केहि भाग र दक्षिण पश्चिमको केहि भागहरुमा मात्र अलि अलि जंगलको Patch हरु देखियो। बाँकी सम्पूर्ण भाग एकदमै खालि देखियो। बिभिन्न भागहरुमा Zoom गरेर हर्दा पनि जंगल देखिएन। गुगलमा खोज्दा भारत को 21.67 प्रतिशत भाग मात्र जंगलले ढाकिएको भन्ने रहेछ। पत्यार लागेन भने तलको फोटो हेर्नु होस र आफैले गुगल अर्थ हेर्नु होस्। त्यसैले छिमेकी भारतका साथीहरुलाई सके सम्म धेरै रुख बिरुवाहरु रोप्न र जंगल बढाउन सुझाब दिने आईडिया आएको हो। म त्यस बिषयको बिज्ञ भएर आईडिया दिएको होइन। तपाइहरुले धेरै भन्दा धेरै रुख रोप्नु भयो भने स्वच्छ हावा त पक्कै पाउनु हुन्छ । तर त्यो भन्दा पनि ठुलो फाइदा रुखहरुले बायुमंडलको कार्बन डाई अक्साईड ग्यास सोसेर Green House Effect कम गराउँछ र हिमालयको हिउँ पग्लने गति पक्कै पनि कम हुन्छ । अनि तपाईहरुको पानीको श्रोत सुक्दैन। यो सुझाब भारतबासीहरुलाई मात्र होइन, नेपालबासीलाई पनि हो। म्याग्दी र पर्बत जिल्लामा सन् १९९७ देखि २०१९ सम्म १३ लाख रुखहरु रोप्ने अभियानको अध्यक्षको रुपमा पनि मैले अझै सम्म काम गरि रहेको छु - हिमालयन संरक्षण संस्था, नेपाल (The Institute for Himalayan Conservation) भन्ने संस्था मार्फत। सो संस्था जापानिज Professor Kawakita, Jiro ले 1970 को दशकमा सुरु गर्नु भएको थियो र उहाँले सन् 1984 मा Ramon Magsaysay Award पाउनु भएको रहेछ ।🙏🙏🙏 #mahabir_pun
Like
Love
6
0 Comments 0 Shares 71 Views 0 Reviews