https://www.nepalipaisa.com/News
https://www.nepalipaisa.com/News
WWW.NEPALIPAISA.COM
साहस उर्जाको आइपीओमा आवेदन दिनेको संख्या २४ लाख नाघ्यो
साहस उर्जाको आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो । साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कुल ७० लाख कित्तामध्ये ५% (३ लाख ५० हजार कित्ता) म्युचुअल फन्ड र ३% (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । इक्रा नेपालले साहस उर्जालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी माइनस रेटिङ दिएको छ ।
Like
Love
5
1 Comments 0 Shares 239 Views 0 Reviews