सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना भएको छ । राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी सदस्यहरू (मन्त्री)ले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । मन्त्रीहरूले पार्टीको पक्षमा काम गर्न नसकेको र समन्वय पनि नभएको गुनासो सदस्यहरूले गरेका छन् । एक सदस्यका अनुसार मन्त्रीहरूको …