चैतभित्र उजुरी दिन कांग्रेस अनुशासन समितिको आग्रह

अनलाइनखबर
२०७५ चैत १२ गते १६:०७ मा प्रकाशित
0 प्रतिक्रिया
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मशान्तभित्र उजुरी दिन आग्रह गरेको छ । मंगलबार बसेको समिति बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको हो ।

‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ’ बैठकको निर्णयमा भनिएको छ ।
चैतभित्र उजुरी दिन कांग्रेस अनुशासन समितिको आग्रह अनलाइनखबर २०७५ चैत १२ गते १६:०७ मा प्रकाशित 0 प्रतिक्रिया १२ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत गतिविधि गर्ने पार्टी सदस्यविरुद्ध चैत मशान्तभित्र उजुरी दिन आग्रह गरेको छ । मंगलबार बसेको समिति बैठकले २०७५ चैत मसान्तभित्र आएका उजुरीमाथि मात्र छानबिन हुने निर्णय गरेको हो । ‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ’ बैठकको निर्णयमा भनिएको छ ।
Like
2
0 Comments 0 Shares 2 Views 0 Reviews