राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता माडी गोल्डकपको खेल तालिका सार्वजनिक ।।
माडीको बसन्तपुमा हुने राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता माडी गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । बसन्तपुर युनाइटेड क्लवको आयोजनामा नयाँ वर्ष २०७६ को १ गतेबाट सुरु हुने फुटवल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले बताएको छ । उद्घाटन खेल बैशाख १ गते हेटौंडा फुटवल एकेडेमी र गौरीशंकर युवा क्लवका बिचमा प्रतिस्पर्धा हुने खेल संयोजक नविन वस्यालले जानकारी दिनुभयो । फुटवल प्रतियोगितामा चितवन,नवलपरासी,हेटौडा,पर्सा,वुटवल,तनहु, लगायतको टोलीको सहभागिता रहने आयोजकले वताएको छ । माडी गोल्डकप फुटवल प्रतियोगिताको बिजेताले नगद २ लाख र उपविजेता टोलीले १ लाख सहित आर्कषक ट्रफी प्राप्त गर्नेछन् । यसवाहेक विभिन्न विधामा खेलाडीहरुलाई नगद सहित सम्मान गरिने आयोजक कमिटिले जनाएको छ ।
राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता माडी गोल्डकपको खेल तालिका सार्वजनिक ।। माडीको बसन्तपुमा हुने राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता माडी गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । बसन्तपुर युनाइटेड क्लवको आयोजनामा नयाँ वर्ष २०७६ को १ गतेबाट सुरु हुने फुटवल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजकले बताएको छ । उद्घाटन खेल बैशाख १ गते हेटौंडा फुटवल एकेडेमी र गौरीशंकर युवा क्लवका बिचमा प्रतिस्पर्धा हुने खेल संयोजक नविन वस्यालले जानकारी दिनुभयो । फुटवल प्रतियोगितामा चितवन,नवलपरासी,हेटौडा,पर्सा,वुटवल,तनहु, लगायतको टोलीको सहभागिता रहने आयोजकले वताएको छ । माडी गोल्डकप फुटवल प्रतियोगिताको बिजेताले नगद २ लाख र उपविजेता टोलीले १ लाख सहित आर्कषक ट्रफी प्राप्त गर्नेछन् । यसवाहेक विभिन्न विधामा खेलाडीहरुलाई नगद सहित सम्मान गरिने आयोजक कमिटिले जनाएको छ ।
Like
2
0 Comments 0 Shares 3 Views 0 Reviews