पीडा सहेर हुर्केँ हाँसोको छैन बानी
झूटो मजाक नगर्न पलपल ए! जिन्दगानी

आफ्नै विगतको किस्सा सम्झन्छु खेद लाग्छ
अन्जाम गर्थ्यो मनले राजा ऊ हूँ म रानी

आदर्श बोक्छ दिउँसो राती पिशाच बन्छ
देखिन्न रैछ हेर्दा को दैत्य को हो दानी

कल्पित कथा होईन जीवन भोगाइ हो मेरो
ढुङ्गा बनाउ मनलाई सुन्छौ भने कहानी

संसार खाक पार्ने अभिमान बोकि आयौ
आगोको दम्भ राख्यौ,बिर्स्यौ छ सामु पानी

आर्य
पीडा सहेर हुर्केँ हाँसोको छैन बानी झूटो मजाक नगर्न पलपल ए! जिन्दगानी आफ्नै विगतको किस्सा सम्झन्छु खेद लाग्छ अन्जाम गर्थ्यो मनले राजा ऊ हूँ म रानी आदर्श बोक्छ दिउँसो राती पिशाच बन्छ देखिन्न रैछ हेर्दा को दैत्य को हो दानी कल्पित कथा होईन जीवन भोगाइ हो मेरो ढुङ्गा बनाउ मनलाई सुन्छौ भने कहानी संसार खाक पार्ने अभिमान बोकि आयौ आगोको दम्भ राख्यौ,बिर्स्यौ छ सामु पानी आर्य
Love
Like
5
0 Kommentare 0 Anteile 38 Ansichten 0 Vorschau