झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन।
गरिबको पैतालामा एकजोर चप्पल हुँदैन।

जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द!
ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन।

मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले!
अब अमृत ओकलेर राडी मखमल हुँदैन।

तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई!
बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन।

काँडा नभइ गुलाफमा टिप्न केको मज्जा?
मलाई बानी परेको छ बगरमा जल हुँदैन।

मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे!
जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।।
________________________________
बिन्दा लामा "तृष्णा"
झुपडी झैँ आनन्दित अग्लो महल हुँदैन। गरिबको पैतालामा एकजोर चप्पल हुँदैन। जति दबाउ मेरो आवाज त्यति हुन्छ बुलन्द! ठक्कर नखाएको प्राणी खासै अब्बल हुँदैन। मुटु मेरो चिरेको हो तिम्रो ओँठको तिरले! अब अमृत ओकलेर राडी मखमल हुँदैन। तिमी दुश्मन बन्यौ र पो उर्जा बढ्यो मलाई! बेगर चुनौतीको मान्छे केहिमा सफल हुँदैन। काँडा नभइ गुलाफमा टिप्न केको मज्जा? मलाई बानी परेको छ बगरमा जल हुँदैन। मान्छे भित्र विशेष अर्को हुन्छ यौटा मान्छे! जस्तै: "तृष्णा" नभएको मेरो गजल हुँदैन।। ________________________________ बिन्दा लामा "तृष्णा"
Love
Like
Yay
4
0 Commentarios 0 Acciones 199 Views 0 Vista previa