कहिले फैलिएर
कहिले—
थुप्रो थु्प्रो भएर
अनि कहिले बाक्लो
त कहिले—
पातलो भएर
निकै जोड गर्दछ
—बादलले
त्यो सुर्यको किरण
—रोक्न
तर असफल छ
आदिम कालदेखि

उडेर हराउने छ
टुक्रिएर बर्सिंदै
सायद! अझै
प्रयास गर्नेछ
अनन्त सम्म
त्यो बलिरहेको
अग्निपिण्डलाई
पृथ्वीबाट छेक्न
र हार्नेछ—
पटक पटक
🌱कहिले फैलिएर कहिले— थुप्रो थु्प्रो भएर अनि कहिले बाक्लो त कहिले— पातलो भएर निकै जोड गर्दछ —बादलले त्यो सुर्यको किरण —रोक्न तर असफल छ आदिम कालदेखि उडेर हराउने छ टुक्रिएर बर्सिंदै सायद! अझै प्रयास गर्नेछ अनन्त सम्म त्यो बलिरहेको अग्निपिण्डलाई पृथ्वीबाट छेक्न र हार्नेछ— पटक पटक✍️
Love
Like
Yay
5
0 Commentaires 1 Parts 162 Vue 0 Aperçu