महिनाभरि छोरी देवी हुन् भने
महिनावारीमा पनि छोरी देवी नै हुन् ....

सानामा कलिला गीजामा दाँत पलाएजस्तै
आज कलिला पैतालामा पखेँटा पलाएका छन्
छोरीले त जे लगाए'नि कस्तो सुहाउने रैछ
आज आँखाले एकजोर नयाँ सपना लगाएका छन्।

छोरीलाई रातोले छोएको सुन्दा मभित्र उज्यालो हुन्छ
रातोले छोएको बिहानको घाम पवित्र उज्यालो हुन्छ।
बिहानको घामले छुन नहुने के छ र यहाँ ?

मेरी सानी छोरी सुत्ने सानो ठाउँ त दिन सकिनँ
"छोरी,ठुला सपना देख" अब कसरी भन्नू मैले ?

उनी ढुंगासँग खेलेर हुर्केकी हुन्
ढुंगा त उनका साथी हुन्
यदि ढुंगामा देउता बस्छन् भने
उनले आफ्ना साथीलाई छुँदा के बिग्रिन्छ?

महिनाभरि छोरी देवी हुन् भने
महिनावारीमा पनि छोरी देवी नै हुन् ।
महिनाभरि छोरी देवी हुन् भने महिनावारीमा पनि छोरी देवी नै हुन् .... सानामा कलिला गीजामा दाँत पलाएजस्तै आज कलिला पैतालामा पखेँटा पलाएका छन् छोरीले त जे लगाए'नि कस्तो सुहाउने रैछ आज आँखाले एकजोर नयाँ सपना लगाएका छन्। छोरीलाई रातोले छोएको सुन्दा मभित्र उज्यालो हुन्छ रातोले छोएको बिहानको घाम पवित्र उज्यालो हुन्छ। बिहानको घामले छुन नहुने के छ र यहाँ ? मेरी सानी छोरी सुत्ने सानो ठाउँ त दिन सकिनँ "छोरी,ठुला सपना देख" अब कसरी भन्नू मैले ? उनी ढुंगासँग खेलेर हुर्केकी हुन् ढुंगा त उनका साथी हुन् यदि ढुंगामा देउता बस्छन् भने उनले आफ्ना साथीलाई छुँदा के बिग्रिन्छ? महिनाभरि छोरी देवी हुन् भने महिनावारीमा पनि छोरी देवी नै हुन् ।
Like
2
0 Comments 0 Shares 172 Views 0 Reviews