गजल;
कसलाई भनौँ म सुन्दर यहाँ
सुन्दर झनै छ फोहर यहाँ

भाग्य रहेछ छायाँ सँगै
कालो भो घाम अक्सर यहाँ

विकल्प भनी मेरो चिनोको
उसले पठाई पत्थर यहाँ

टेक्ने न थाम्ने हुदाँ कोही
डाली भएछ अक्कर यहाँ

कोही भोकै छ माया बिना
छाती भएछ बन्जर यहाँ।।
गजल; कसलाई भनौँ म सुन्दर यहाँ सुन्दर झनै छ फोहर यहाँ भाग्य रहेछ छायाँ सँगै कालो भो घाम अक्सर यहाँ विकल्प भनी मेरो चिनोको उसले पठाई पत्थर यहाँ टेक्ने न थाम्ने हुदाँ कोही डाली भएछ अक्कर यहाँ कोही भोकै छ माया बिना छाती भएछ बन्जर यहाँ।।❤️
Like
Wow
3
0 Comments 0 Shares 176 Views 0 Reviews