केन्द्रिय बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति सन्तुलित रहेको प्रतिकृया बैंकरहरुले दिएका छन्।मौद्रिक नीतिले तरलतादेखि कारोबार सहजतासम्मको कुरा समेटेकोले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित र सकारात्मक नै रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बताए।



मौद्रिक नीतिमा ऋणीको लागि पनि राहत दिने कुराहरु पनि आएका छन् भने बैंकहरुको लागि पनि सकारात्मक नै देखिएको उनले बताए।

कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, '२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो हाेइन'

मार्जिन लेण्डिङमा पनि सिमा निर्धारण गर्नु धेरै जोखिममा मान्छेहरु नपरुन भनेर उक्त नीति लिइएको उनले बताए। "जोखिम हेर्ने काम पनि राष्ट्र बैंककै हो। त्यसले गर्दा केन्द्रिय बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको छ।" उनले भने ।

अहिलेको परिवेशमा मौद्रिक नीतिले तरलता व्यवस्थापन, कर्जाको विस्तार र उद्योगीहरुलाई राहत दिने कुरा हेर्दा राम्रै देखिने उनले बताए।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति सन्तुलित रहेको प्रतिकृया बैंकरहरुले दिएका छन्।मौद्रिक नीतिले तरलतादेखि कारोबार सहजतासम्मको कुरा समेटेकोले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित र सकारात्मक नै रहेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बताए। मौद्रिक नीतिमा ऋणीको लागि पनि राहत दिने कुराहरु पनि आएका छन् भने बैंकहरुको लागि पनि सकारात्मक नै देखिएको उनले बताए। कर्जाको विस्तारलाई पनि नियन्त्रित रुपमा विस्तार गर्ने कुरा आँफैमा नराम्रो होइन उनले भने, '२० प्रतिशतको बृद्धि रहेकोमा १९ प्रतिशतको कर्जा विस्तार नराम्रो हाेइन' मार्जिन लेण्डिङमा पनि सिमा निर्धारण गर्नु धेरै जोखिममा मान्छेहरु नपरुन भनेर उक्त नीति लिइएको उनले बताए। "जोखिम हेर्ने काम पनि राष्ट्र बैंककै हो। त्यसले गर्दा केन्द्रिय बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको छ।" उनले भने । अहिलेको परिवेशमा मौद्रिक नीतिले तरलता व्यवस्थापन, कर्जाको विस्तार र उद्योगीहरुलाई राहत दिने कुरा हेर्दा राम्रै देखिने उनले बताए।
Like
1
0 Comments 0 Shares 161 Views 0 Reviews