आखिर तालिवान के (को) हो त?
सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिण(पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इरानसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्तामा हातमा लियो ।

तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो ।

जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धारासायी भयो ।
आखिर तालिवान के (को) हो त? सोभियत संघ फर्किएपछि सन् १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिण(पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इरानसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्तामा हातमा लियो । तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो । जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए । त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धारासायी भयो ।
Like
7
1 Comments 0 Shares 44 Views 0 Reviews