चालु आर्थिक वर्षको साउन महिनामा नेपालले १ सय २ देशसँग व्यापार गरेकोमा १४ देशसँगको मात्र व्यापार नाफामा देखिएको छ । नेपालले कुल २० अर्ब ७६ करोड ५१ लाख रुपियाँको सामान निर्यात गरेकोमा १४ देशसँगको व्यापारबाट मात्रै १५ अर्ब ९५ करोड रुपियाँ नेपाल भित्रिएको छ ।

चालु आवको साउन महिनामा नेपालले १ सय ५० अर्ब ७३ करोडको सामान आयात गरेको छ भने २० अर्बको सामान निर्यात गरेको छ । नेपालको सम्पूर्ण निर्यातको ५० प्रतिशतभन्दा बढी रकम एउटै देश बेलायतबाट कमाएकाे छ । बेलायतसँगको व्यापारबाट नेपालले ११ अर्ब ३९ करोड रुपियाँ व्यापार नाफा गरेकाे छ। पहिलो महिनामै नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपियाँ पुगेको छ । आयात ७५ प्रतिशतले बढेको छ भने निर्यात भने १ सय १५ प्रतिशतले बढेको देखिएको छ । नेपालको निर्यातको आधार नै एकदम थोरै भएको हुनाले निर्यातको प्रतिशत धेरै देखिएको हो । विशेष गरी सोयाविन तेल पाम तेलको निर्यातमा वृद्धि हुँदा नेपालको निर्यात दर बढी देखिएको हो ।



१४ देशमध्ये बेलायतबाहेक अन्य देशसँगको व्यापारको आँकडा एकदमै न्यून रहेको छ । बेलायतसँग २९ अर्बको सामान निर्यात भएर १७ अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आयात भएको तथ्यांकले देखाउँछ । बेलायतमा पानको पात, चिउरा, कुकुर र बिरालोको खाना, तेलहरु, अगरबत्ती, शौचालयको साबुन, गहनाहरु, कागजका सामानहरु, कार्पेट, ब्लांकेट, टेक्सटाइलसम्बन्धी सामानहरु, सेरामिकका सामाहरु, नक्कली सुनका गहनालगायतका सामानहरु निर्यात गरिएको छ ।
आर्मेनिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड जस्ता देशमा भने नेपालले सामान निर्यात मात्र गरेको छ । सो देशबाट आयात भने शुन्य छ । त्यस्तै कम्बोडिया, अफगानिस्तान, स्वीडेन, न्यू क्यालेडोनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया र क्रोयसियासँग चाँहि दोहोरो व्यापारसम्बन्ध रहेको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा नेपालले १ सय २ देशसँग व्यापार गरेकोमा १४ देशसँगको मात्र व्यापार नाफामा देखिएको छ । नेपालले कुल २० अर्ब ७६ करोड ५१ लाख रुपियाँको सामान निर्यात गरेकोमा १४ देशसँगको व्यापारबाट मात्रै १५ अर्ब ९५ करोड रुपियाँ नेपाल भित्रिएको छ । चालु आवको साउन महिनामा नेपालले १ सय ५० अर्ब ७३ करोडको सामान आयात गरेको छ भने २० अर्बको सामान निर्यात गरेको छ । नेपालको सम्पूर्ण निर्यातको ५० प्रतिशतभन्दा बढी रकम एउटै देश बेलायतबाट कमाएकाे छ । बेलायतसँगको व्यापारबाट नेपालले ११ अर्ब ३९ करोड रुपियाँ व्यापार नाफा गरेकाे छ। पहिलो महिनामै नेपालको व्यापार घाटा १ सय ३० अर्ब रुपियाँ पुगेको छ । आयात ७५ प्रतिशतले बढेको छ भने निर्यात भने १ सय १५ प्रतिशतले बढेको देखिएको छ । नेपालको निर्यातको आधार नै एकदम थोरै भएको हुनाले निर्यातको प्रतिशत धेरै देखिएको हो । विशेष गरी सोयाविन तेल पाम तेलको निर्यातमा वृद्धि हुँदा नेपालको निर्यात दर बढी देखिएको हो । १४ देशमध्ये बेलायतबाहेक अन्य देशसँगको व्यापारको आँकडा एकदमै न्यून रहेको छ । बेलायतसँग २९ अर्बको सामान निर्यात भएर १७ अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आयात भएको तथ्यांकले देखाउँछ । बेलायतमा पानको पात, चिउरा, कुकुर र बिरालोको खाना, तेलहरु, अगरबत्ती, शौचालयको साबुन, गहनाहरु, कागजका सामानहरु, कार्पेट, ब्लांकेट, टेक्सटाइलसम्बन्धी सामानहरु, सेरामिकका सामाहरु, नक्कली सुनका गहनालगायतका सामानहरु निर्यात गरिएको छ । आर्मेनिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड जस्ता देशमा भने नेपालले सामान निर्यात मात्र गरेको छ । सो देशबाट आयात भने शुन्य छ । त्यस्तै कम्बोडिया, अफगानिस्तान, स्वीडेन, न्यू क्यालेडोनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया र क्रोयसियासँग चाँहि दोहोरो व्यापारसम्बन्ध रहेको छ ।
Like
3
0 Comments 0 Shares 162 Views 0 Reviews