मान्छेबाट बञ्चित गर्नु भनेको
खेल होइन दैवको
दोष होइन भाग्यको
कर्म होइन भावीले लेखेको
श्राप होइन सतिले दिएका
निर्विवाद
खेलवाड हो दोस्रो मानवको ।

एउटै पङ्तीमा उभिएको मान्छे
एउटै संसारमा जन्मेर हुर्केको मान्छे
किन ठूलो र सानो हुन्छ
किन घृणा र माया हुन्छ
किन अधिकार जन्मसिद्घ खोसिन्छ
मान्छे एउटै हुनु पर्ने हो
किन मान्छेबाट वञ्चित गरिन्छ
निर्विवाद
दुष्टचाल हो दोस्रो दानवको ।

स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार
किन स्वतन्त्र छैनन् जीवनहरु
किन निरीह छन् मनहरु
किन वर्वादीमा छन् खुशीहरु
किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु
त्यसैले
एउटा मान्छेलाई
मान्छेबाट वञ्चित गर्नु भनेको
खेल होइन दैवको
दोष होइन भाग्यको
कर्म होइन भावीले लेखेको
श्राप होइन सतिले दिएका
निर्विवाद
महाजाल हो दोस्रो महामानवको
मान्छेबाट बञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद खेलवाड हो दोस्रो मानवको । एउटै पङ्तीमा उभिएको मान्छे एउटै संसारमा जन्मेर हुर्केको मान्छे किन ठूलो र सानो हुन्छ किन घृणा र माया हुन्छ किन अधिकार जन्मसिद्घ खोसिन्छ मान्छे एउटै हुनु पर्ने हो किन मान्छेबाट वञ्चित गरिन्छ निर्विवाद दुष्टचाल हो दोस्रो दानवको । स्वतन्त्र जिउनु नैर्सर्गिक अधिकार किन स्वतन्त्र छैनन् जीवनहरु किन निरीह छन् मनहरु किन वर्वादीमा छन् खुशीहरु किन मृत्युमात्र कुर्नु विवश छन् मान्छेहरु त्यसैले एउटा मान्छेलाई मान्छेबाट वञ्चित गर्नु भनेको खेल होइन दैवको दोष होइन भाग्यको कर्म होइन भावीले लेखेको श्राप होइन सतिले दिएका निर्विवाद महाजाल हो दोस्रो महामानवको
Like
Love
7
2 Comments 0 Shares 103 Views 0 Reviews