बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ...

२४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ ।

शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ ।




तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ ।

यो पनि पढ्नुस्
घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास !
बूढो नारायणगढको अब रहेन जवानी !
अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार !
त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ ।

मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ ।

भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।
बदलिँदो चितवन : ७० वर्षको कायाकल्प कथा ... २४ चैत, चितवन । कुनै समय देशकै वैकल्पिक राजधानीका रुपमा अघि सारिएको थियो, चितवनको भरतपुरलाई । नेपालको मध्य भूभागमा अवस्थित यो शहरको मुख्य बजार हो, नारायणगढ । यो अहिले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ । शहरका रुपमा नारायणगढले जसरी विकासमा छलाङ मार्दैछ, त्यति नै व्यवसायिक प्रगति पनि हात पार्दैछ । कुनै समय नारायणगढमा खुम्चिएको भरतपुर अहिले फैलँदो छ । यसको व्यवसायिक सम्भावना र अवसर र विकासे रफ्तार पनि ग्रामीण भेगतर्फ विकेन्द्रिकृत हुँदैछ । तर, भरतपुरसहित नारायणगढको रौनक धेरै सुस्ताएको छैन, यहाँ आधुनिक किसिमका ब्यापार व्यवस्ाायले प्रवेश पाएका छन् । काठमाडौंमा उपलब्ध रहेका प्रायः सेवा सुविधा यही शहरले ग्राहकलाई दिन सकेको छ । यो पनि पढ्नुस् घरभाडा बढेको बढ्यै, साना व्यवसायीको उठीबास ! बूढो नारायणगढको अब रहेन जवानी ! अस्ट्रेलियाबाट फर्किएर ढिँडो मस्काउँदा दैनिक ३५ हजारको व्यापार ! त्यसैले भरतपुरले आफ्नो ब्यापार मोडल फेर्दै लगेको छ भने उपभोक्तामा पनि क्रयशक्ति बढाएर आधुनिक उपभोगतर्फ आकर्षित देखिन्छन् । त्यसैअनुसार विकासे अड्डाले पनि पूर्वाधारको निर्माणमा ध्यान दिन थालेका छन् । निजी क्षेत्र पनि व्यवसायिक सम्भावना भएका हेरेर क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । भरतपुरसहित समग्र चितवन देशमै बलियो अर्थतन्त्र भएको क्षेत्रमा गनिन्छ । चितवनको शहरीमात्रै नभएर गामीण अर्थतन्त्र पनि निकै बलियो र दाह्रो छ । झन भरतपुर जिल्लाकै सदरमुकाम पनि भएकाले यसले अरु नगरभन्दा आफूलाई सशक्त गर्न सकेको छ । मेयर रेणु दाहाल भरतपुरको आर्थिक र समाजिकसहित सबै क्षेत्रमा यथोचित विकास गर्न महानगर लागि परेको बताउँछिन् । नागरिकलाई न्युनतम् सेवा सुवधासहित आधुनिक शहरी पूर्वाधारमार्फत स्तरीय सेवा दिने गरी विभिन्न योजना बनिरहेको उनको भनाइ छ । भरतपुरलाई आधुनिक सुविधासम्पन्न शहरका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसमा सबैको सक्रियता र सहयोग जरुरी पर्ने उनले बताइन् ।
Like
6
28 Комментарии 0 Поделились 155 Просмотры 0 предпросмотр