आजदेखि मौसममा सुधार
पुस २०, २०७६कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकको मौसममा आइतबारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले शनिबार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।
मनाङको सदरमुकाम चामेमा शुक्रबार भएको हिमपातपछि जमेको हिउँ । तस्बिरः कान्तिपुर
‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतबारदेखि मौसममा शनिबारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’ पश्चिम भाग हुँदै प्रवेश भएको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा बदलाव आएको थियो ।
शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिमपात भएको छ । बिहीबारदेखि शनिबारसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।
आजदेखि मौसममा सुधार पुस २०, २०७६कान्तिपुर संवाददाता काठमाडौँ — मुलुकको मौसममा आइतबारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले शनिबार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए । मनाङको सदरमुकाम चामेमा शुक्रबार भएको हिमपातपछि जमेको हिउँ । तस्बिरः कान्तिपुर ‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतबारदेखि मौसममा शनिबारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’ पश्चिम भाग हुँदै प्रवेश भएको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मौसममा बदलाव आएको थियो । शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ । काठमाडौं वरपरका डाँडामा पनि हिमपात भएको छ । बिहीबारदेखि शनिबारसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।
Like
1
0 Yorumlar 0 hisse senetleri 6 Views 0 önizleme