हिउँ पर्‍यो चन्द्रागिरीमा
पुस १९, २०७६कान्तिपुर
काठमाडौँ — उपत्यका आसपासका पहाडमा शनिबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हाे । चन्द्रगिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्न जानेको संख्या बढेको छ ।
खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको समेत भीड लागेको छ। चन्द्रागिरीमा हिउँ खेल्न पुगेका साङहाङ लावतीले बिदाको दिन रिफ्रेसमेन्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताए। तीन पटक चन्द्रागिरी पुगेको बताउने लावतीले पहिलेभन्दा शनिबार निकै भीड बढेको बताए।
चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भिड निकै बढेको चन्द्रागिरी पुगेको हिल्सका म्यानेजर अभिषेकविक्रम शाहले बताए। शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फूलचोकी र शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो।
हिउँ पर्‍यो चन्द्रागिरीमा पुस १९, २०७६कान्तिपुर काठमाडौँ — उपत्यका आसपासका पहाडमा शनिबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हाे । चन्द्रगिरी डाँडामा हिउँ परेपछि हिउँ खेल्न जानेको संख्या बढेको छ । खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको समेत भीड लागेको छ। चन्द्रागिरीमा हिउँ खेल्न पुगेका साङहाङ लावतीले बिदाको दिन रिफ्रेसमेन्ट र बच्चाहरुका लागि राम्रो ठाउँ भएको बताए। तीन पटक चन्द्रागिरी पुगेको बताउने लावतीले पहिलेभन्दा शनिबार निकै भीड बढेको बताए। चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भिड निकै बढेको चन्द्रागिरी पुगेको हिल्सका म्यानेजर अभिषेकविक्रम शाहले बताए। शुक्रबारबाट पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरी, फूलचोकी र शिवपुरी लगायतका डाँडामा हिउँ परेको हो।
Like
1
0 Comments 0 Shares 2 Views 0 Reviews