गाडी चलाउँदा चप्पल लगाउन नपाइने
पुस १९, २०७६
काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने व्यवस्था गरेको छ । मुलुकमा भएको दुर्घटना न्यूनिकरण गर्न विभागले जारी गरेको सूचनामा सवारीसाधन चलाउँदा चालकलाई अनिवार्य जुत्ता लगाउन आग्रह गरेको हो ।
त्यस्तै चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ । सिसा नै ढाक्नेगरी कुनै सामग्री टाँस्दा र झुण्ड्याउँदा सडकमा भएको बस्तु नदेख्दा दुर्घटना भएको विभागको ठहर छ । यसबाहेक क्याबिनमा सजावटका सामान र म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ । अझ लामो दूरीको यात्रुबाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरणसमेत सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने व्यवस्था विभागले गरेको छ । चालकलाई जिम्मेवार बनाउन यो प्रावधान ल्याइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने रिसोलिङ गरेको टायरसमेत अगाडि राख्न पाउने नियम बनाएको छ । अघिल्लो भागमा कमजोर टायर राख्दा दुर्घटना हुने सम्भावना भएकोले कडाई गर्न लागेको हमालले बताए । सवारी साधनको भित्र र बाहिरको सबै खालको स्लोगन राख्न पनि नपाइने व्यवस्था विभागले गरेको छ । कतिपय स्लोगन अश्लिल र महिलालाई होच्याउने खालको राख्ने गरेका थिए ।
गाडी चलाउँदा चप्पल लगाउन नपाइने पुस १९, २०७६ काठमाडौँ — यातायात व्यवस्था विभागले सवारी साधन चलाउँदा चप्पल लगाउन नपाइने व्यवस्था गरेको छ । मुलुकमा भएको दुर्घटना न्यूनिकरण गर्न विभागले जारी गरेको सूचनामा सवारीसाधन चलाउँदा चालकलाई अनिवार्य जुत्ता लगाउन आग्रह गरेको हो । त्यस्तै चार पाङग्रे सवारीको अगाडिको सिसामा स्टिकर र अन्य सामाग्री टाँस्न समेत प्रतिबन्ध लगाएको छ । सिसा नै ढाक्नेगरी कुनै सामग्री टाँस्दा र झुण्ड्याउँदा सडकमा भएको बस्तु नदेख्दा दुर्घटना भएको विभागको ठहर छ । यसबाहेक क्याबिनमा सजावटका सामान र म्युजिक सिस्टम नराख्न पनि विभागले आग्रह गरेको छ । अझ लामो दूरीको यात्रुबाहक सवारीको ढोकामा नै यात्रु क्षमता र सवारी यात्रुको संख्या टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै यात्रुबाहक सवारी चलाउने चालकको फोटो र अनुमतिपत्रको विवरणसमेत सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने व्यवस्था विभागले गरेको छ । चालकलाई जिम्मेवार बनाउन यो प्रावधान ल्याइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा प्रयोग हुने रिसोलिङ गरेको टायरसमेत अगाडि राख्न पाउने नियम बनाएको छ । अघिल्लो भागमा कमजोर टायर राख्दा दुर्घटना हुने सम्भावना भएकोले कडाई गर्न लागेको हमालले बताए । सवारी साधनको भित्र र बाहिरको सबै खालको स्लोगन राख्न पनि नपाइने व्यवस्था विभागले गरेको छ । कतिपय स्लोगन अश्लिल र महिलालाई होच्याउने खालको राख्ने गरेका थिए ।
Like
1
0 Comments 0 Shares 2 Views 0 Reviews