मेलम्चीमा पुनः बाढी शनिबार बेलुका ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको छ। राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार राति पौने ९ बजेबाट मेलम्ची नदीमा भीषण बाढी आएको हो। बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ। ‘असार १ गतेजस्तै बाढी आइरहेको छ, बाढीले के कति क्षति गरिरहेको छ भन्ने...