गिटहब सम्बन्धी नेपालमै पहिलो पटक राष्ट्रियस्तरको कार्यक्रम हुँदै, यसरी बन्नुहोस् सहभागी गिटहबले नेपालमा पहिलो पटक राष्ट्रियस्तरको छलफल कार्यक्रम गर्ने भएको छ । ‘गिटहब फिल्ड डे नेपाल’ नामक कार्यक्रममा विद्यार्थी तथा प्राविधि समुदायका सदस्यबीच अन्तर्क्रिया हुने बताइएकाे छ ।
कार्यक्रममा सहभागीले प्रविधिका विभिन्न विषय वा एजेन्डा छानेर त्यसबारे छलफल गर्न सक्नेछन् ।
सहभागीले कार्यक्रममा एकअर्काका विचार आदान-प्रदान गर्ने गिटहब फिल्ड डे नेपालकी कम्युनिकेसन एन्ड आउटरिच लिड...