नेसनल पेमेन्ट स्विचमा जोडियो मोरु वालेट, क्यूआरदेखि अन्तर-वालेट भुक्तानीसम्मका सेवा दिने नेसनल पेमेन्ट स्विच (एनपीएस)को नेटवर्कमा मोरु डिजिटल वालेट जोडिएको छ । बुधबार नेसनल पेमेन्ट स्विच सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मोरु वालेटबीच एक सम्झौता भएको छ ।
सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र मोरूका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले हस्ताक्षर गरे ।
सम्झौतासँगै एनपीएसका विभिन्न सेवा मोरूमा एकीकृत हुनेछ । सम्झौतासँगै मोरूले नेपाल...