अब नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने
नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।
याेसँगै अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने बाटाे खुलेकाे छ ।
नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह...
आमाको नामबाट नागरिकता, जन्मसिद्धका सन्तानलाई वंशज र एनआरएनलाई पनि नागरिकता
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार विधेयक प्रमाणीकरण गरेसँगै नेपालको संविधान–२०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ ।
यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । तर २५ फागुनमा निर्वाचित राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेका छन् । विधेयक...
बैंकहरुको निष्क्रिय कर्जा बढ्दै, वित्तीय स्थायित्वका सूचक कमजोर बन्दै
। बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जाले वित्तीय स्थायित्वमा दबाब बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मक रूपमा कमजोर रहेको आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा १.३१ प्रतिशत रहेकोमा २०७९ पुसमा २.६३ प्रतिशत रहेको छ । पुसपछि निष्क्रिय कर्जा अझै बढ्ने क्रममा रहेको...
आइतबार बजेटबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक बस्दैछ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफलको मुख्य एजेण्डासहित बैठक बस्ने भएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका पदाधिकारीको समेत सहभागिता रहनेछ । बैठकमा आमन्त्रित निकायहरूको कार्यक्षेत्र सम्बन्धमा जानकारी लिने र छलफल हुने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, १५ जेठमा प्रस्तुत हुने बजेटका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।
https://arthasarokar.com/2023/05/artha-samiti-10.html
सरकारले ट्रेजरी बिल मार्फत ४ अर्ब आन्तरिक ऋण उठाउने
सरकारले ट्रेजरी बिल मार्फत ४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १४ जेठ आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
२५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र ऋण बोलकबोल तालिका अनुसार ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
आइतबार २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको नयाँ ४ अर्ब र नवीकरणका लागि ३...
आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने
प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।
संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।
...
नागरिकताबारे फेरी मुद्धा परेपछि रविको आक्रोश- ‘घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभावति रवि लामिछानेले आफूमाथि बारम्बार मुद्धा पर्न थालेपछि आक्रोश पोखेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘स्टाटस’ लेख्दै उनले बारम्बार एउटै विषयलाई कोट्याएर दिक्क लगाइएको भन्दै अक्रोश पोखेका हुन् ।
‘मुद्धा हाल्नु र मुद्धा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् ।’, रविले लेखेका छन्, ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ ।’
लामिछानेले सर्वोच्च अदालतको २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नम्बर २२, २८ र ३२ मा...
युनिक नेपाल लघुवित्तको एफपीओ खुल्यो
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ जेठ बिहीबारदेखि एफपीओ निष्कासन खुला गरेको हो ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको तीन लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीको एफपीओमा १६ जेठसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २५ जेठसमम थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १००...
वैशाखमा नगद कारोबार ह्वात्तै बढ्यो, आर्थिक कारोबार विस्तार भएको संकेत
नयाँ साल लागेपछि नगद कारोबार ह्वात्तै बढेको छ। चैतसम्म पनि नगद कारोबार घटिरहेकोमा वैशाख लागेपछि ह्वात्तै बढेको हो।
गत दसैंतिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमश: घटिरहेको थियो, तर माघ र फागुनमा केही बढे पनि ठूलो परिमाणमा थिएन। चैतमा ३ अर्ब ६० करोडले घटेको थियो। तर वैशाखमा भने १२ अर्ब १० करोड ९८ लाख रुपैयाँले बढेको छ।
नगद कारोबार बढ्नुको अर्थ सर्वसाधारणले आर्थिक कारोबार वृद्धि गरेको विश्लेषण गर्न सकिन्छ भने अनौपचारिक बजारमा पैसा जान थालेको पनि अनुमान गर्न मिल्छ।...
शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ । जारी प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति रवि लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए ।
‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ । बालुवाटार, सिंहदरबार...
देशको अवस्था कस्तो ? काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो !
काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो भाडा पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जेठ २९ गतेदेखि सुरु गर्ने भैरहवा-मलेसिया उडानको भाडादर काठमाडौं-धनगढी भन्दा सस्तो पर्ने भएको हो ।
निगमका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा उडानको भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निगमले मलेसिया-भैरहवा-काठमाडौं रुटको भाडादर भने १४ हजार ७ सय २० रुपैयाँ कायम गरेको छ । जबकि काठमाडौं-धनगढीको भाडादर नै...
राजस्व आयातमै निर्भर, अर्थतन्त्रमा ‘डच डिजिज’को डर
आयातमा आधारित राजस्वमा निर्भर हुँदा अर्थतन्त्रले कति समस्या ब्यहोर्नुपर्छ भन्ने उदाहरण बनेको छ, चालु आर्थिक वर्ष २०७९/८० । आयात करिब १८ प्रतिशतले घटेको छ भने व्यापार घाटा १७ प्रतिशतले घटेको यो वर्ष सरकारको राजस्व असुली गत वर्षको तुलनामा १२.६४ प्रतिशतले घटेको छ । सरकारी वित्ततर्फ यो आर्थिक वर्ष २०२४/२५ पछिकै खराब अवस्था हो ।
विगतदेखि नै अर्थ तथा कर विज्ञहरुले आयातमा आधारित राजस्वमा निर्भर हुनुभन्दा आन्तरिक राजस्वको वृद्धिका योजनाहरुमा काम गर्न सरकारलाई सुझाव दिंदै आएका थिए । तर, सरकारले...
उच्च मूल्यवृद्धि नियन्त्रण गर्ने घोषणा
सरकारले विश्व आर्थिक मन्दीको मारमा बढेको मूल्यवृद्धि नियन्त्रणको सीमामा राख्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताए ।
‘कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण अर्थतन्त्रमा सृजित मूल्यवृद्धि सरकारले नियन्त्रणमा लिनेछ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।
https://unelma.io/FayWV
विद्युत प्राधिकरणले थाल्यो गाडी सुविधा र भत्ताको खर्च कटौती
नेपाल विद्युत प्राधिकरणले आफ्ना चालु खर्चहरुमा कटौती थालेको छ । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरु, निर्देशनालय र विभागमा विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरु गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको बताएका छन् । परिपत्रअनुसार प्राधिकरणले कार्यकारी निर्देशकको स्वीकृतिबेगर...
त्रिभुवन विमानस्थलका कवाडी सामानमा १५ दिनभित्र हकदावी नगरे कार्यालयले हटाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ पार्किङ क्षेत्रको पूर्वी भेगमा राखिएका कवाडी सामान १५ दिनभित्र हकदावी गर्न नआए कार्यालय आफैंले हटाउने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार सो क्षेत्रमा प्रयोगमा नआउने बेवारिसे सामान राखिएका छन् । यस क्षेत्रमा विमानस्थलले र्याम्प बसको पार्किङ स्थल बनाउने तयारी गरेको छ
निर्माण कार्य सुरु भएसँगै यी सामान उद्दार तथा अग्नि नियन्त्रण महाशाखाबाट दक्षिण तर्फको फुटबल मैदानमा...
महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित ह्वाट्सएप पठाउनु: मेयर बालेन
मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित आफ्नो व्यक्तिगत ह्वाट्सएप नम्बरमा सूचना पठाउन आग्रह गरेका छन् । सोमबार फेसबुकमा एक पोस्ट लेख्दै उनले यस्तो जानकारी दिएका हुन् ।
देशमा नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरू तानिएपछि भ्रष्टाचार विरुद्ध आवाज उठिरहेको बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सो फेसबुक पोस्टमा उनले महानगरपालिका कार्यालयका कुनै पनि कर्मचारीले सेवाग्राहीको काम गर्दा पैसा मागेमा भिडिओ/अडियो सहितको प्रमाण पठाउन...
१०२ मा फोन गरेर काठमाडौंमा नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने
काठमाडौं महानगरपालिकाले एक फोनकलको भरमा नगरवासीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
महानगर प्रमुख बालेन्द्र शाह 'बालेन' ले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यो सेवाको विषयमा जानकारी दिएका हुन् ।
उनका अनुसार काठमाडौंको कुनै पनि स्थानमा एम्बुलेन्सको आवश्यकता परे महानगरको आकस्मिक नम्बर १०२ मा कल गर्न सकिनेछ ।
"काठमाडौंभर नै २४ घन्टा नै १०२ मा कल गरेर Free Ambulance Service लिनु सक्नुहुन्छ," उनले लेखेका छन्, "यो सुविधा प्रयोग गरेवापत कुनै शुल्क...
बजेट तथा कार्यक्रमका लागि अनलाइनबाट सुझाव संकलन गर्दै काठमाडौं महानगर
काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ ।
यसका लागि महानगरले अनलाइन सुझाव संकलन पोर्टल तयार पारेकाे छ । याे पाेर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन-कुन क्षेत्रमा कस्ता नीति बनाउनुपर्ला, कस्ता कार्यक्रम राख्नुपर्ला, बजेटको कस्तो व्यवस्था गर्नुपर्ला लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन् ।
यी...
दोषी छ भने नेता होस् कि नाता होस्, कोही छुट्नुहुन्न : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए ।
‘यो प्रकरणमा संलग्न जो होस् कारबाहीको दायरामा आउनुपर्छ, बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले पनि प्रभवित नहोस्, कुनै दबावले प्रभावित नहोस् । कुनै पनि कुराले, कहिँको पनि कुराले प्रभावित नहोस्’ उनले...
१२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । जसमध्ये १८ अर्ब १८ करोड नवीकरणका लागि बोलकबोल हुनेछ भने १२ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न बोलकबोल हुन लागेको हो ।
२८ दिन अवधिको ३ अर्ब,९१ दिन अवधिको ७ अर्ब १० करोड, १८२ दिन अवधिको ६ अर्ब र ३६४ दिन अवधिको २ अर्ब ८ करोड बराबरको...
डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो
देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ ।
यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य दरमा घटेको छ । समग्रमा हवाई इन्धनबाहेक अन्य सबै इन्धनको आयात घट्दो दरमा देखिएको छ । तर, मूल्य वृद्धिका कारण आयातबापत विदेशिने रकमको परिमाण भने उस्तै छ ।
नेपाल आयल निगमकाअनुसार चालु आर्थक वर्ष...
अर्थतन्त्रमा क्रमशःसुधार आउँदैछः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।
बुधबार काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए ।
प्रधानमन्त्री दाहालले भने,...
वीरगञ्ज भन्सारमै थन्किए एक हजार बढी नयाँ सवारी साधन
आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन्। बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन्।
आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए।
भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार नौ सय नौ सवारी साधन...
सरकारी डेटा सेन्टरबाटै डेटा गायब भएपछि लोकसेवाले पुनः खुलायो ८८२ पदको विज्ञापन
सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी) बाट लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीका डेटा गायब भएपछि पुनः दरखास्त आह्वान गरिएको छ । आयोगले बुधबारको गोरखापत्रमा ८८२ पदका लागि पुनः तीन पृष्ठ लामो विज्ञापन प्रकाशित गरेको हो ।
२३ फागुन २०७९ मा जीआईडीसीमा समस्या सिर्जना भएको र त्यसपश्चात् उक्त डेटा रिकभरीको कार्य भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताउँदै आएको छ ।तर केन्द्रले प्रक्रिया कहिले पूरा हुन्छ र के कति डेटा रकभरी हुने भन्ने विषयमा यकिन गर्न...
More Articles
Read More
How to approach the United Airlines supervisor?
United Airlines is an American Airlines that has a headquarters in Chicago. Sometimes people get...
Animal Crossing: New Horizons Player Recreates Climactic Scene from Se7en
An Animal Crossing: New Horizons player has recreated absolutely one in every of Se7en's most...
Best Games News in Vietnam
Assuming you're searching for the best games news in Vietnam, you've come to the perfect...
Food Absorbent Pads Market Report 2023 | Industry Size, Share, Growth, Trends
Food Absorbent Pads Market Size provides in-depth analysis on the market status of Food Absorbent...
Main Application Scenarios Of Oil-resistant V-belt
We are a professional rubber belt manufacturer. We have been focusing on the production of rubber...