सरकारी डेटा सेन्टरबाटै डेटा गायब भएपछि लोकसेवाले पुनः खुलायो ८८२ पदको विज्ञापन सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी) बाट लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीका डेटा गायब भएपछि पुनः दरखास्त आह्वान गरिएको छ । आयोगले बुधबारको गोरखापत्रमा ८८२ पदका लागि पुनः तीन पृष्ठ लामो विज्ञापन प्रकाशित गरेको हो ।
२३ फागुन २०७९ मा जीआईडीसीमा समस्या सिर्जना भएको र त्यसपश्चात् उक्त डेटा रिकभरीको कार्य भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले बताउँदै आएको...