घाम लाग्दा चल्छ, बादल लाग्दा बन्द हुन्छ टेलिकमको मोबाइल सेवा बैतडी । घाम लागेको दिन फोरजी सेवा चले पनि बादल लागेको दिन बैतडीका अधिकांश स्थानीय तहमा मोबाइल सेवा बन्द हुन थालेपछि प्रयोगकर्ताको गुनासो बढ्दै गएको छ ।
बत्ती नहुँदा सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका नेपाल टेलिकमका टावरले काम नगर्दा बैतडीको पुरचौडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलासैनी गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध हुने गरेको हो ।
...