काठमाडौं । भिभोले बहुप्रतिक्षित स्मार्टफोन ‘भी २१ ई’ प्रोफेसनल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा भी सिरिजकाे पछिल्लाे लाइनअप भित्र्याएकाे हाे ।

 

‘हामी हाम्रो ग्राहकलाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन पाएकोमा खुसी छौं,’ कम्पनीका प्रवक्ताले भने, ‘प्रयोग गर्नेले जहाँसुकै र जुनसुकै बेलामा आफ्नो चाहना अनुसारको सेवा लिन यो फोन सबैभन्दा उत्कृष्ट विकल्प हो । यो युवा पुस्ताका लागि सही विकल्प हो । हामी भविष्यमा पनि आफ्ना ग्राहकलाई उत्कृष्ट उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

भीभो भी २१ ई मा ४४ मेगापिक्सेलको उत्कृष्ट फ्रन्ट क्यामेरा रहेको छ । जसमा अटोफोकस, वेटर नाइट शट, फोरके भिडिओ लगायतका सुविधा रहेका छन् । साथै ४४ मेगापिक्सेल क्यामेराको साथमा एफ २.० अपार्चर समेत दिइएको छ । जसले गर्दा प्रकाश कम भएको ठाउँमा पनि उत्कृष्ट फोटो लिन सकिने जनाइएको छ ।

 

यसमा ड्युल भ्यु भिडियो, स्लो मोशन सेल्फी भिडिओ, फोरके सेल्फी भिडिओ, स्टेडीफेश सेल्फी भिडिओ लगायतका फिचर रहेका छन् । जसले प्रयोगकर्तालाई चाहेजस्तो फोटो भिडिओ क्याप्चर गर्न मद्दत गर्नेछ ।

 

फोनमा ६४ मेगा पिक्सेलको मुख्य क्यामेरा रहेको छ । यो फोनले माइक्रो फोटोग्राफीमा अन्य क्यामेराभन्दा राम्रो परिणाम दिने कम्पनीको दावी छ ।

 

क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर रहेको फोनमा ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । यसमा ३ जीबी एक्सटेन्डेबल र्‍यामको विशेषता रहेको छ ।

फोनमा ३३ वाट फ्ल्याश चार्जिङ सिस्टम उपलब्ध गराइएको छ । जसको बजार मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार मंगलबारसम्म यो फोन खरिद गर्नेले निःशुल्क इयरबड जित्ने सक्नेछन् ।

https://www.techpana.com/2021/97899/?fbclid=IwAR3hVRgeJOBzYzApIv_iR4QRWdaBjk078vsUNBqU1RMu386maEGRIlfaLAQ