काठमाडौं । चिनियाँ स्मार्टफाेन ब्राण्ड पोकोले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन पोको ‘एफ थ्री जीटी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।विशेषगरी गेमिङका लागि लक्षित यो फोनले ‘एफ’ सिरिजलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ ।

 

मिडियाटेक चिपसेट प्रयोग भएको यो फोनमा टर्बो एमोलेडको १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । त्यस्तै हाई रेजाेलुसन अडियोको अनुभवको लागि यस फोनमा डुअल स्टेरियो स्पिकर र डल्बी एटमोस प्रयोग गरिएको छ ।

गेमिङका लागि लक्षित गरिएको यो फोनमा म्यागलेभ मेकानिकल ट्रिगर प्रयोग गरिएको छ, जसबाट कुनै बाधा बिना वा अतिरिक्त गेमिङ सामग्रीबिना नै मज्जाले गेम खेल्न सकिन्छ ।

 

मोबाइलमा ५,०६५ एमएएचको ब्याट्री प्रयोग भएको छ भने ६७ वाटको फास्ट चार्जर उपलब्ध रहेको छ ।

 

साथै यसमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध छ, जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ११९ डिग्रीको एफओभी सहित २ मेगा पिक्सेलको म्याक्रो क्यामेरा छ ।

 

त्यस्तै फाेनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

याे फाेन दुई वटा कलरमा उपलब्ध छः गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक । आजदेखि यो फोन आधिकारिक स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुनेछ ।

८ जीबी र्‍याम र २५६ जीबीको स्टोरेज भएको यो फोनको बजार मूल्य ५६,९९९ रुपैयाँ रहेको छ । 

https://www.techpana.com/2021/100853/