काठमाडौं । फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामलाई एप्पलले आफ्नो एप स्टोरबाट हटाउने चेतावनी दिएको तथ्य बाहिरिएको छ । इन्स्टाग्राममार्फत घरेलु श्रमिकको खरिद बिक्री हुने गरेको भन्दै सन् २०१९ मा एप्पले यस्तो चेतावनी दिएको थियो ।

 

दुई वर्ष अघिको यो घटनाबारे अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले यसैसाता खुलासा गरेको हो ।

वाल स्ट्रिट जर्नललाई प्राप्त फेसबुकको गोप्य कागजात अनुसार उक्त घटनाबारे आफ्नो प्लेटफर्मको दुरुपयोग गरी मानव शोषण भइरहेको बारे फेसबुक समेत जानकार थियो ।

 

यसअघि सन् २०१९ मा अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले अनलाइन प्लाटफर्ममार्फत घरेलु कामदार खरिदबिक्री भइरहेको तथ्य सार्वजनिक गरेको थियो । जसमा फेसबुकको फोटा सेयरिङ प्लाटफर्म इन्स्टाग्रामका साथै अन्य थुप्रै एप प्रयोग भइरहेको जनाइएको थियो ।

 

इन्स्टाग्राम घरेलु कामदार खरिदबिक्री गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको तथ्य बाहिरिएसँगै एप्पलले फेसबुकलाई आफ्नो एप स्टोरबाट इन्स्टाग्राम हटाउने धम्की दिएको पाइएको हो ।

 

एप्पलले मानवीय बेचबिखनलाई रोक्न तत्कालै आवश्यक कदम चाल्न र त्यो नभएको खण्डमा इन्स्टाग्रामलाई एप स्टोरबाट बताएको वाल स्ट्रिटले गरेको खुलासामा बताइएको छ । 

https://www.techpana.com/2021/103959/