काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विभिन्न सेवा उपलब्ध गराउँदै आएकाे छ । माेबाइल तथा ल्याण्डलाइन टेलिफोनमात्रै नभएर कम्पनीले स्काई फोन, सी-फोन, एफटीटीएच, भि-स्याट, वाईम्याक्स लगायतका दर्जनौं सेवा सञ्चालन गरिरहेको छ ।

 

यस्तोमा टेलिकमले उपलब्ध गराउँदै आएका सेवामध्ये कुन सेवा लिँदा कति शुल्क लाग्छ भन्ने विषय धेरैलाई जानकारी नहुन सक्छ । किनभने हामीले सामान्यतया सेवा लिएर त्यसकाे शुल्क बुझाएका हुन्छौं ।

 

तर, उक्त शुल्क के-के मा कति लाग्याे भन्ने विषय ख्याल गर्दैनौं । कुन सेवामा दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्छ ।

 

कुन सेवामा ‘अनरशिप ट्याक्स’ (ओटी) लाग्छ अनि कुन कुन सेवामा कति शुल्क लाग्छ भन्ने विषय टेलिकमले उपलब्ध गराएकाे जानकारी अनुसार हामी यहाँ जानकारी दिँदैछाै‌ ।

 

यस्तो छ विवरण

 
क्र.सं. सेवा शुल्क टीएससी ओटी भ्याट कूल
जीएसएम पोस्ट-पेड          
  क्रेडिट लिमिट ४६०       ४६०
  नयाँ कनेक्सन चार्ज ३४.७   ०.७ ०.७ ४०
कूल   ४९०.७   ०.७ ४‍.७ ५००
स्काई फोन पोस्ट-पेड          
  क्रेडिट लिमिट ४६०        
  नयाँ कनेक्सन चार्ज ३४.७   ०.७ ०.७ ४०
कूल   ४९०.७   ०.७ ०.७ ५००
सीफोन प्रिपेड          
  इन्स्टलेशन शुल्क ३७०       ३७०
  कल चार्ज १५३५‍.५९ १९९‍.६२ ३४.७ २३०.०९ २०००
  सेट २,२१२‍‍.३९     २८७.६१ २५००
कूल   ४,११७‍.९८ १९९.६२ ३४.७ ५१७.७ ४,८७०
सीफोन पोस्ट-पेड          
  क्रेडिट लिमिट ७५० ७५०
  वनरशिप ट्याक्स     ५०० ६५ ५६५
  इन्स्टलेशन चार्ज ३२०       ३२०
  रजिस्ट्रेशन फि ५०       ५०
  सेट २,२१२.३९     २८७.६१ २५००
कूल   ३,३३२.३९   ५०० ३५२.६१ ४,१८५
एफटीटीएच भ्वाइस          
  वनरशिप ट्याक्स     ५०० ६५ ५६५
  क्रेडिट लिमिट १००       १००
  इन्स्टलेशन चार्ज ५००       ५००
  नोट: थप सीपीईका लागि चार्ज ६००   ५०० ६५ १,१६५
एफटीटीएच डेटा          
  इन्स्टलेशन चार्ज ५००       ५००
पीएसटीएन          
  इन्स्टलेशन चार्ज ३२०       ३२०
  क्रेडिट लिमिट ७५०       ७५०
  वनरशिप ट्याक्स     ५०० ६५ ५६५
कूल   १,०७०   ५०० ६५ १,६३५
एडीएसएल          
  इन्स्टलेशन चार्ज – अनलिमिटेड २००       २००
  इन्स्टलेशन चार्ज – भाेलुम वेस्ड ३००       ३००
भिस्याट          
  इन्स्टलेशन चार्ज १०,०००       १०,०००
  वनरशिप चार्ज     ५०० ६५ ५६५
  डिपोजिट १०,०००       १०,०००
कूल   २०,०००   ५०० ६५ २०,५६५
१० वाई-म्याक्स          
  इन्स्टलेशन चार्ज २००       २००
११ सीप पीबीएक्स          
  इन्स्टलेशन चार्ज ६०००       ६,०००
  रजिस्ट्रेशन चार्ज ५००       ५००
  वनरशिप ट्याक्स     ५०० ६५ ५६५
  डिपोजिट विथ नम्बर आईएसडी ५०,०००       ५०,०००
  डिपोजिट विथ आईएसडी १५०,०००       १५०,०००
१२ जीएसएम सीडीएमए प्रिपेड          
  सीम एक्टिभेशन ३४.७   ०.७ ४.६ ४०
  कल भ्यालु ३८.३९ ४.९९ ०.८७ ५.७५ ५०
कूल   ७३.०९ ४.९९ १.५७ १०.३५ ९०
  ईमेल          
  रजिस्ट्रेशन चार्ज ९० ११.७   १३.२२ ११४.९२
  एफएस          
  एफएस लोकल कल प्राडक्सन चार्ज १००००       १००००
  एफएस एसटीडी प्राेडक्सन डिपोजिट चार्ज ५०००       ५०००
  रजिस्ट्रेशन चार्ज १०००       १०००
१५ आईपी टीभी इन्स्टलेशन          
  एक वर्षकाे प्रमियम प्याकेजका लागि सेट अप बक्सकाे चार्ज २५००     ३२५ २८२५
  एक वर्ष भन्दा बाहेककाे प्रमियम प्याकेजका लागि सेट अप बक्सकाे चार्ज ३५००     ४५५

३९५५

 

 

https://www.techpana.com/2021/112292/