काठमाडौं । सामसङका स्मार्टफोनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टम भविष्यमा नहुन सक्छ । किन भने गुगलको ल्याब्रेटोरीमा केही वर्षदेखि विकास भइरहेको छ । जसलाई फ्युशा नाम दिइएको छ । 

 

तपाईं मध्ये केहीले यस वर्षको सुरुवाती समयमा सामसङले फ्युशाको विकासमा सामसङले योगदान दिइरहेको समाचारबाट उक्त अपरेटिङको बारेमा सुन्नु भएको पनि हुनसक्छ । पछिल्लो चर्चाअनुसार सामसङ त्यसका लागि केही कदम अगाडि बढेको छ र फ्युशाको लागि उसले एन्ड्रोइडलाई छोड्ने निर्णय लिइसकेको छ ।

 

 

 

यद्यपि यस किसिमको परिवर्तन तत्कालै हुने भने होइन । स्रोतले बताएअनुसार गुगलबाट यो ओपन सोर्स अपरेटिङ सिस्टम आत्मसाथ गर्न सामसङलाई केही वर्ष लाग्नेछ ।

 

फ्युशा ओएस अहिलेको वन-यूआईमै समावेश हुने अथवा छुट्टै स्वरूपमा आउने भन्ने विषयमा बोल्ने कुरा चाहिँ अलिक हतारो नै हुन्छ । एन्ड्रोइड ओएसबाट फ्युशामा रुपान्तरण हुने कुरा सामसङको आफ्नै प्रयास भन्दा पनि नयाँ प्लेटफर्म बनाउने गुगलकै मास्टर प्लानको हिस्सा हो ।

फ्युशामा गुदीको रुपमा लिनक्सको साटो जिरकन (Zircon) नामक नयाँ कोड प्रयोग हुनेछ । गुगलले पहिरन (वेयरेबल) देखि स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, आईओटी जस्ता अनेक प्रकारका स्मार्ट उत्पादनहरू सञ्चालनका लागि फ्युशा विकास गरिरहेको छ ।

जुन पाइलट परियोजनाको रुपमा नेस्ट हबमा यस अघिदेखि नै प्रयोगमा आइसकेको छ । आगामी केही वर्षमा गुगलले फ्युशालाई वास्तविकता बनाउँछ र अग्रपङ्तिमा ल्याएको खण्डमा एन्ड्रोइड छोड्नेमा सामसङ एक्लो उपकरण निर्माता हुने छैन ।

 

अन्य कम्पनीहरूले समेत यही बाटो पच्छ्याउनेछन् अथवा पछाडि पर्नेछन् । किन भने फ्युशाको विकासमा सामसङले यस अघि नै आफ्नो संलग्नता जनाइसकेको छ। जसले यो परियोजनामा सामसङलाई अन्य प्रतिस्पर्धीको तुलनामा एक कदम अगाडि पुर्‍याएको छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टम त्याग्ने कुरा कुनै अनौठो वा डरलाग्दो विषय होइन । किन भने थप राम्रो अपरेटिङ सिस्टमका लागि यसको तयारी अगाडि बढेको हो । यस्तोमा एन्ड्रोइडमा रहेका कमीकमजोरी फ्युशाले सम्बोधन गर्न सक्छ । 

https://www.techpana.com/2021/112753/