सन् २०२२ को लागि एप्पलको पहिलो उत्पादन आईफोन एसई मार्च महिनामा सार्वजनिक हुने तयारी भइरहेको बताइएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले मार्च ८ का दिन यो फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

साथै सो दिन आईप्याड एयर, नयाँ सीपीयू र फाइभजी सपोर्ट गर्ने अन्य डिभाइस पनि सार्वजनिक हुने अनुमान गरिएको छ । यो आईफोन कम्पनीको आफ्नै ए१५ बायोनिक एसओसी चिपमा आधारित हुनेछ र यो ३ तथा ४ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ ।

फाइभजी कनेक्टिभिटी र कम्पनीको आफ्नै चिपसेट ए१५ मा आधारित आईफोन हुने चर्चासँगै यसले करोडौं एन्ड्रोइड प्रयोगकर्ता आफूतिर तान्ने विश्लेषण गरिएको छ । साथै फोनमा ४.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले हुने चर्चा छ ।

होम बटनमै फिंगरप्रिन्ट सेन्सर रहेन यो फोनमा फेस लक लगायतका सुरक्षा फिचर उपलब्ध हुने अनुमान छ । साथै यसमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा पनि उपलब्ध हुनेछ । यो आईफोन ४०० अमेरिकी डलर (करिब ४८ हजार रुपैयाँ) को हाराहारीमा उपलब्ध हुने अनुमान छ                   https://unelma.io/KOljI