अब मेसेजिङ एप स्न्यापच्याटको स्टोरिजबाट समेत आम्दानी गर्न सकिने भएको छ । कम्पनीले स्टोरिजमा विज्ञापन राख्ने र त्यसबाट प्राप्त हुने आम्दानीमध्ये केही रकम क्रियटरलाई उपलब्ध गराउने योजना ल्याएको हो ।

स्न्यापच्याटले अहिले ‘मिड-रोल’ विज्ञापन परीक्षण गरिरहेको छ, जुन चाहिँ अमेरिकामा सानो सङ्ख्याका क्रियटरको स्टोरिजमा देखिने गरेको छ । आगामी महिना यो फिचर विश्वभरका अन्य प्रयोगकर्ताका लागि समेत विस्तार गरिनेछ ।

जब स्न्याप स्टारको स्टोरीमा विज्ञापन राखिन्छ, स्न्यापच्याटले त्यसबाट आउने आम्दानी क्रियटरसँग बाँड्नेछ ।

कम्पनीका अनुसार आम्दानी बाँडफाँड एउटा निश्चित मापदण्डको आधारमा गरिनेछ, जसका लागि क्रियटरको अकाउन्टमा पोस्टको इंगेजमेन्ट र फ्रिक्वेन्सी मापन गरिनेछ ।

तर यो फिचर स्न्याप स्टारका लागि मात्र उपलब्ध हुनेछ । जसको प्रोफाइलमा क्रियटर तथा सार्वजनिक व्यक्तित्वको रुपमा ठूलो सङ्ख्यामा फलोअर छन् र अकाउन्ट गोल्ड स्टारको सङ्केतमा भेरिफाइड छ, उनीहरू मात्रै यसका लागि योग्य हुनेछन् ।

पछिल्ला वर्षहरूमा स्न्यापच्याटले क्रियटरका लागि आम्दानीका विभिन्न उपायहरू थप्दै लगेको छ ।  
https://unelma.io/b0iKv