सामसङका फ्ल्यागशिप स्मार्टफोनमा गुगल म्यासेज डिफल्ट रुपमै उपलब्ध हुने भएको छ । हालैमात्र ग्यालेक्सी एस२२ सिरिज सार्वजनिक गरेको कम्पनीले उक्त स्मार्टफोनमा गुगल म्यासेजलाई डिफल्ट रुपमै उपलब्ध गराएको हो ।

यस अघिसम्म कम्पनीले आफ्नै म्यासेजिङ सिस्टमलाई डिफल्ट म्यासेजिङ एपको रुपमा प्रयोग गर्दै आएको थियो । तर, पछिल्लो समय गुगल म्यासेजिङको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले गुगलसँगको सहकार्यमा गुगल म्यासेज इन्ट्रिगेट गरेको हो ।

हुन त यसअघि पनि सामसङका स्मार्टफोनमा गुगल म्यासेज प्रयोग गर्न नसकिने भन्ने थिएन । प्रयोगकर्ताले आवश्यक परेको खण्डमा गुगल प्ले स्टोरमार्फत म्यासेजिङ एप डाउनलोड गरी प्रयोग गर्न सक्थे ।

तर, अब भने नयाँ मोबाइल किन्दा नै गुगल म्यासेज त्यसैमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो फिचर पहिलो चरणमा अमेरिकी प्रयोगकर्तालाई मात्रै उपलब्ध भएको छ । भने, विस्तारै अन्य देशका प्रयोगकर्तालाई पनि उपलब्ध हुँदै जानेछ । 
https://unelma.io/O0kDf