चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल ईकमर्सले बिग सीजी डे २२.२.२२ सुरु गरेको छ । साेमबारदेखि सुरू भएकाे यस योजनामा सीजी अन्तर्गत रहेका विभिन्न प्रडक्ट र सेवामा विशेष छुट र उपहारको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

फागुन १६ गतेसम्म सञ्चालन हुने योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट, सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, साथै पहिलो २२ जना ग्राहकलाई रु. २२०० बराबरको फ्री गिफ्ट जस्ता विशेष सुविधा र छुट उपलब्ध रहेको छ ।

बिग सीजी डे २२.२.२२ मा सीजी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेशन, सीजी हस्पिटालिटि, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्सुरेन्सका विभिन्न प्रडक्ट तथा सेवा सुविधामा विभिन्न अफर रहेको छ ।

सीजी डिजिटल ईकमर्सकाे वेबसाइट वा सीजी डिजिटल एपमा लगइन गरी यी अफरको फाइदा उठाउन सकिने कम्पनीले जनाएको छ।
https://unelma.io/hS6zp