मेटाले विश्वभरका फेसबुक प्रयोगकर्ताका लागि टिकटक जस्तै फिचर रिल्स सार्वजनिक गरेको छ । जुन विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि आउन लागेको हो ।
फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको विकल्प समेत समावेश गरेको छ । हुन त यसमा रहेका अधिकांश फिचर यसअघि यस अघि अमेरिका सहितका ५० देशमा देशमा  उपलब्ध थिए ।

फेसबुक रिल्सका प्रयोगकर्ताले इन्स्टाग्राम रिल्समा जस्तै अन्य भिडिओलाई रिमिक्स अर्थात डोयट गर्न तथा ६० सेकेन्डसम्म लामो भिडिओ क्लिप अपलोड  गर्न सक्नेछन् । यसका साथै फेसबुक प्रयोगकर्ताले रिल्स भिडिओलाई ड्राफ्टमा सेभ गर्न समेत सक्नेछन् ।

मेटाले आगामी महिनामा नयाँ भिडिओ क्लिपिङ टुल्स समेत थप गर्नेछ । जसले क्रियटरलाई लाइभ तथा लामा भिडिओ पब्लिस गर्ने प्रयोगकर्तालाई सहज बनाउनेछ भने रेकर्डेड भिडिओहरूले केही फरक ढाँचाको अनुभव गराउनेछन् ।

मेटाले फेसबुक रिल्समा मनिटाइजेसन अर्थात विज्ञापन समेत थप गर्ने भएको छ । जसमा दुई नयाँ शैली अपनाइनेछः जसमा पहिलो फेसबुक रिल्सको तल्लो भागमा अर्ध पारदर्शी तहको रुपमा ब्यानर विज्ञापन रहनेछ ।

अर्को चाहिँ स्टाटिक स्टिकर विज्ञापन हुनेछ, यसलाई चाहिँ ‘इन-स्ट्रिम एड’ उपलब्ध भएका देशमा रहने क्रियटर आफैँले अन्यत्र राख्न सक्नेछन् । प्रयोगकर्ताले आगामी सातामा रिल्सलाई स्टोरी, वाच ट्याब लगायत फेसबुकका अन्य स्थानमा समेत शेयर गर्न सक्नेछन् ।

यहाँनिर उल्लेखनीय कुरा के छ भने कम्पनीले रिल्सको सफलता झल्काउने कुनै पनि तथ्याङ्क बाहिर ल्याएको छैन । हुन त मेटा स्न्यापच्याटको स्टोरी इन्स्टाग्राममा कपी गर्ने लगायतका कार्यमा सफल रह्यो । तर टिकटकलाई चुनौति दिन भन्दै फेसबुकले ल्याएको रिल्सको भविष्य के हुन्छ, त्यो चाहिँ अझै अनिश्चित नै छ ।  
https://unelma.io/zIrCy