युक्रेन र रुसबीच जारी युद्धका कारण अहिले विश्वभरको माहोल गर्माएको छ । सँगसँगै यसै युद्धका कारण विश्व युद्धको खतरा समेत बढ्दै गएको छ ।

यसैबीच क्रिप्टोकरेन्सीले भने आफ्नो आवश्यकता र महत्व दर्शाइरहेको छ । युक्रेनलाई क्रिप्टोकरेन्सीमा निकै धेरै सहयोग प्राप्त भइरहेको छ । रुसले जब युक्रेन विरुद्ध युद्धको घोषणा गर्‍यो, जब युक्रेनले क्रिप्टोकरेन्सी सहयोग स्वीकार गर्न थाल्यो ।

अहिले उसले कयौँ क्रिप्टोकरेन्सीमा सहयोग प्राप्त गरिरहेको छ । ब्लकचेन एनालिटिक्स कम्पनी एलिप्टिकका अनुसार अहिलेसम्म युक्रेन सरकारलाई तीन करोड ५० लाख अमेरिकी डलर मूल्यको क्रिप्टोकरेन्सी सहयोग प्राप्त भइसकेको छ ।

२६ फेब्रुअरीबाट क्रिप्टोकरेन्सी सहयोग लिन थालेको युक्रेनका कारण क्रिप्टोकरेन्सीको महत्त्व अझ बढ्दै गएको छ । वास्तवमा यो क्रिप्टोकरेन्सी ब्लकचेनमा आधारित छ । यसमा विश्वका कयौँ व्यक्तिहरूले लगानी गर्दै आएका छन् ।

तर यसको उद्देश्य लगानी भने होइन । यसमा कुनै कारोबारको रेकर्ड राखिन्छ भने त्यसलाई परिवर्तन गर्न सकिँदैन । इन्क्रिप्सन फिचरका कारण यो ब्लकचेन सधैँ सुरक्षित हुन्छ ।

सबैभन्दा ठूलो कुरा क्रिप्टोकरेन्सी विकेन्द्रिकृत प्रणाली हो । यसमा इन्टरमिडियटरी अर्थात बैंक तथा वित्तीय संस्था जस्ता बिचौलियाको आवश्यकता पर्दैन । यसमा कारोबारको अधिकारिकता पुष्टि हुन्छ र यसलाई सहभागीहरूले नै प्रमाणीत गर्दछन् ।

अर्थात क्रिप्टोकरेन्सी अन्य मुद्राको तुलनामा निकै भिन्न छ । हालै प्रकाशित भएका कतिपय रिपोर्टहरूले युक्रेनको बैंकिङ वेबसाइट ह्याकरको निशानामा परेका छन् र त्यहाँको बैंकिङ सिस्टमले काम गर्न सकिरहेको छैन ।

यस्तोमा क्रिप्टोकरेन्सीको महत्त्व अझ बढेको हो । किन भने यसमाथि कसैले पनि निशाना साध्न सक्दैन । https://unelma.io/k8Rc9