काठमाडौं । कार तथा मोटरसाइकलमा राम्रो बजार हासिल गर्न सफल सुजुकीले आफ्नो दायरालाई विस्तार गर्दै फ्लाइङ कार अर्थात् उड्ने कार निर्माण गर्ने भएको छ ।

 

कम्पनीले सन् २०२५ भित्र विश्व बजारमा फ्लाइङ कार उपलब्ध गराउने तयारी गरेको हो । इलेक्ट्रिक फ्लाइङ कार निर्माणका लागि कम्पनीले फ्लाइङ कारमा काम गर्दै आएको कम्पनी ‘स्काइड्राइभ’ सँग सहकार्य गरेको छ ।

 

स्काइड्राइभसँगको सहकार्यमा कम्पनीले सन् २०२५ भित्र जापानको ओसाका सहरमा फ्लाइङ ट्याक्सी सेवा सुरु गर्ने योजना अघि सारेको बताइएको छ ।

 

हाल स्काइड्राइभले दुई सिटे कम्प्याक्ट इलेक्ट्रिक फ्लाइङ कार निर्माण तथा त्यसको व्यवसायिक उत्पादनमा काम गरिरहेको छ । यसमा सुजुकी छुट्टै आफैंले फ्लाइङ कारमा काम गरिरहेको भन्ने विषय भने उल्लेख गरिएको छैन ।

 

यसको अर्थ कम्पनीले ‘स्काइड्राइभ’ ले निर्माण गर्ने कारलाई नै ब्रान्डिङ गर्ने तयारी भइरहेको हुनसक्ने आँकलन पनि गरिएको छ ।

 

हुन त यसअघि फ्लाइङ कारमै काम गरिरहेको अर्को कम्पनी ‘कार्गो ड्रोन’ले पनि सन् २०२५ देखि जापानकै ओसाका सहरमा फ्लाइङ कार सेवा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

https://unelma.io/gWU1S