काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो न्यूनतम इन्टरनेट स्पिडको प्याकेज २०० एमबीपीएस पुर्‍याएको छ ।

शनिबार आयोजित ‘वर्ल्डलिङ्क कार्निभल २.०’ को अवसरमा कम्पनीले यस अघि १५० एमबीपीएस रहेको आफ्नो न्यूनतम स्पिडको इन्टरनेट प्याकेजमा ५० एमबीपीएस थप गरेको हो ।

वर्ल्डलिङ्क फोटोन लाइट नाम दिइएको यो प्याकेज लिने ग्राहकले एउटा नेटटिभी सहित १४ हजारभन्दा बढी स्थानमा रहेको वर्ल्डलिङ्क फ्रि वाई-फाई निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

कम्पनीको यो प्याकेज लिने नयाँ ग्राहकले डुअल ब्यान्ड राउटरका लागि दुई हजार रुपैयाँ, त्यसका लागि ५०० रुपैयाँ डिपोजिट, ड्रप वायरका लागि ५०० रुपैयाँ, वैकल्पिक रुपमा मेश वाई-फाई सिस्टम लिन चाहनेका लागि वन बिकन १.१ को रेन्टल चार्ज वापत २००० रुपैयाँ, त्यसका लागि २५०० रुपैयाँ डिपोजिट र स्मार्ट इन्स्टलेसनका लागि तीन हजार रुपैयाँ तिर्नुपर्नेछ ।

साथै नेटटिभी सेटअप गर्दा दुई हजार रुपैयाँ एक्टिभेसन चार्ज र पाँच सय रुपैयाँ डिपोजिट (रिफन्डेबल) लाग्ने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले पहिलो पटक एक जीबीपीएस गतिको इन्टरनेट प्याकेज समेत सार्वजनिक गरेको छ । 

https://unelma.io/40hX1