काठमाडौं । बम्पर अफरको नाममा उपभोक्तालाई आइरहेको फिशिङ एसएमएसबारे नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन सुरु गरेको छ ।

 

अहिले बजारमा उपभोक्ताहरूको मोबाइलमा ‘बम्पर अफर अफ दि एयर’ भन्दै एउटा लिंकमा क्लिक गरेर सब्सक्राइब गर्न अनुरोध गरेको एसएमएस व्यापक रुपमा आउन थालेको छ ।

यसरी सब्सक्राइब गरेको खण्डमा उपोभोक्ताले ग्रान्ड प्राइजको रुपमा १० ग्राम सुन जित्नसक्ने भनी एसएमएसमा उल्लेख गरिएको छ ।

यद्यपि यो फिशिङ एसएमएस भएको र उपभोक्ता प्रभावित हुनसक्ने भन्दै प्राधिकरणले यस्तो एसएमएसबाट सचेत रहन आग्रह गरेको छ ।

 

यो एसएमएस कसले र कसरी धेरैजना उपभोक्तामाझ पुगिरहेको छ भन्ने विषयमा छानबिन भइरहेकाे प्राधिकरणले जनाएकाे छ ।

https://unelma.io/jtldu