१२ असार, काठमाडौं । सरकारले इन्धनको खपत घटाउने चार महत्वाकांक्षी योजना अघि सारेको छ । सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्नेेदेखि डिजेल तथा पेट्रोलमा इथानोल र सजिवन मिसाउने योजना छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पेट्रोलियम खपत कम गर्न र विकल्पमा जान सकिने सबै उपयकाबारेमा तत्काल र दीर्घकालिन कार्यहरुबारे छलफल गरेको थियो ।

वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेयका अनुसार सवारी सधनको इन्जिन फेरेर विद्युतीय गाडीमा रुपान्तरण गर्ने, त्यसको सुरुआत सरकारी गाडीबाटै गर्ने, काठमाडौंका यात्रुबाहक सबै बसलाई बिद्युतीय बनाउने, डिजेल तथा पेट्रोलमा १० प्रतिशत इथानोल र सजिवन मिसाउने योजना समेत अघि सारिएको छ ।

‘बैठकको निर्णयलाई कार्यन्वयनमा लैजान क्याबिनेट वा अर्को निकायबाट माइन्युटिङ गराएर अघि बढ्ने सहमति भएको छ,’ आपूर्ति सचिव डा. पाण्डेयले भने ।

https://unelma.io/z0fpF