काठमाडौं । ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने एलन मस्कको डिल खतरामा परेको छ । माइक्रोब्लगिङ साइट ट्वीटरमा भएका नक्कली अकाउन्टको सङ्ख्या प्रमाणित गर्न नसकेपछि उनले ट्वीटरको स्वामित्व ग्रहण गर्ने कुरा गम्भीर शङ्कामा रहेको नयाँ रिपोर्टको दाबी छ ।

 

द वासिङटन पोस्टका अनुसार पछिल्लो समय एलन मस्कले ट्वीटर सम्झौतासँग सम्बन्धित कतिपय छलफलहरूमा पनि सहभागी हुन छाडेका छन् । टेस्लाका संस्थापक एलन मस्कले बारम्बार बिना कुनै प्रमाण ट्वीटरमा असङ्ख्य बट (स्वचालित सफ्टवेयर प्रणालीबाट अकाउन्ट सञ्चालन) रहेको दाबी गर्दै आएका छन् ।

 

गत जुनमा उनले सामाजिक सञ्जाल प्लेटफर्मको प्रस्तावित ४४ अर्ब डलरमा अधिग्रहण गर्नु अघि कम्पनीले आफ्नो सूचना अधिकार ‘प्रतिरोध र विफल’ गर्ने प्रयास गरिरहेको बताएका थिए ।

https://unelma.io/qchmp