काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर खरिद नगर्ने निर्णय गरेपछि कम्पनीले उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।

 

मस्क ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्ने बताएको हो । मस्कका कानूनी टोलीले यो निर्णय सुनाएको एक घण्टा पनि नबित्दै ट्वीटरका सीईओ ब्रेट टेलरले आफ्नो ट्वीटरमा ट्वीट गर्दै उनमाथि कानूनी कारबाही गरिने बताएका हुन् ।

‘ट्वीटर खरिदको प्रक्रिया अगाडि नबढाउने मस्कको निर्णयसँग कम्पनीको बोर्ड सहमत छ र बोर्ड यसका लागि अब कानूनी उपचारमा जाने तयारीमा रहेको छ,’ उनले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

 

मस्कले ट्वीटर खरिद गर्ने निर्णय गरेदेखि नै उनले ट्वीटरको आन्तरिक मामिलाहरूको विषयमा अध्ययन गर्न सुरु गरेका थिए ।

 

मस्कले बारम्बार बिना कुनै प्रमाण ट्वीटरमा असङ्ख्य बट (स्वचालित सफ्टवेयर प्रणालीबाट अकाउन्ट सञ्चालन) रहेको दाबी गर्दै आएका छन् । मुद्दाको विषयमा अहिलेसम्म मस्कले कुनै प्रतिक्रिया भने दिइसकेका छैनन् ।

 

https://unelma.io/kWdwf