पछिल्ला केही हप्तामा क्रिप्टोकरेन्सीको मूल्यमा भारी मात्राले गिरावट आएको छ । जसको असर सारा विश्वमा देखिएको छ । एलसाल्भाडोर जस्तो देश समेत यसबाट प्रभावित भयो ।

जहाँको सरकारले बिटक्वाइनमा लाखौँ डलर लगानी गरेको थियो । तर एलसाल्भाडोर सरकारले सोचेजस्तो किसिमले बिटक्वाइन परियोजना अगाडि बढ्न सकेन । आखिर त्यस पछाडिको मुस्किलको अवस्था कस्तो छ त ?

बीबीसीका अनुसार एल साल्भाडोरमा एक पशु अस्पतालमा २५ सेन्टमै डक्टरको समय लिन सकिन्छ । त्यसैले त्यहाँ निकै भिड लाग्ने गर्छ । तर त्यसका लागि बिटक्वाइनमात्रै स्वीकार गर्ने नीति लिइएको छ ।

क्रिप्टोकरेन्सीका फ्यान त्यहाँका राष्ट्रपतिले नौ महिना अघि बिटक्वाइनलाई कानूनी मुद्राको मान्यता दिएका थिए । अहिले त्यहाँका कयौँ स्थानका व्यवसायीहरूले क्रिप्टोकरेन्सीको रूपमा डिजिटल भुक्तानी ग्रहण गर्दछन् ।

यस किसिमको प्रचलनले गर्दा यो देशमा यस्ता पर्यटकको सङ्ख्या बढेको छ, जो क्रिप्टोकरेन्सीमा लगानी गर्दछन् । उनीहरूलाई बिटक्वाइन टुरिस्ट (पर्यटक) भन्ने गरिन्छ ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकनले पनि बिटक्वाइनलाई वैधानिक मुद्राको मान्यता दिएको छ । एल साल्भाडोरमा चियो एपको माध्यमबाट बिटक्वाइनको प्रचार भइरहेको छ ।

चियो एपमा साइन इन गर्ने बित्तिकै प्रयोगकर्तालाई ३० अमेरिकी डलर बराबरको बिटक्वाइन निःशुल्क दिने गरिन्छ । “हामी चियो एपबाट पैसा पठाउने गर्दछौँ किन कि यो एप निकै फास्ट छ र कुनै किसिमको कमिसन समेत दिनु पर्दैन,” एल साल्भाडोरका स्थानीय बिक्रेता गिल्बर्टो डेन्सोवाल भन्छन् ।

एक सर्वेक्षण भन्छ कि यो एपको प्रयोग घट्दै गएको छ । किन कि एल साल्भाडोरका मानिसहरू यो प्रविधिलाई लिएर दुविधामा छन् । सरकारले जनता बीच बिटक्वाइनलाई बढावा दिनका लागि २० करोड अमेरिकी डलर खर्च गरेको छ ।

त्यहीँ राष्ट्रपति बुकेले १० करोड अमेरिकी डलर बिटक्वाइनमा खर्च गरेका छन् । हरेक पटक उनी ट्वीटमार्फत त्यसको जानकारी समेत दिने गर्दछन् । “पछिल्ला केही वर्षमा जे जति भएको छ, त्यसले एल साल्भाडोरलाई अप्ठ्यारो परिस्थितिमा पुर्‍याइदिएको छ । वास्तविकता के छ भने हाम्रो वित्तीय स्थिति निकै नाजुक भइसकेको छ,”  अर्थशास्त्री तातियाना मोरोक्विन भन्छिन् ।

एल साल्भाडोर सरकारको भनाई छ कि उसलाई आफ्नो दीर्घकालिक योजनामाथि भरोसा छ । “हामीलाई थाहा छ कि राष्ट्रपतिको प्रयास सही दिशामा छ । मानिसहरूलाई उनीमाथि र जुन प्रकारले अर्थव्यवस्था चलिरहेको छ, त्यसउपर निकै भरोसा छ,” त्यहाँकी पर्यटन मन्त्री मोरेना वाल्डेज भन्छिन् ।

वास्तवमा राष्ट्रपति बुकेले बिटक्वाइनसँग सम्बन्धित प्रयासलाई दोब्बर तुल्याइरहेका छन् । उनी आफ्नो देशलाई क्रिप्टोकरेन्सीको एक हब बनाउन चाहन्छन् ।  तर यो परियोजना महिनौँ पछाडि धकेलिएको छ । त्यसका लागि एल साल्भाडोरले भुक्तानी समेत दिन सकिरहेको छैन । 

https://unelma.io/H3IhQ