दैनिक रुपमा फोनमा तपाईँले कति समय बिताउनु हुन्छ  कहिल्यै  सोच्नुभएको छ ? वास्तवमा फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल एप चलाउदा घन्टौँ बितेको पत्तै हुँदैन । तपाईँले  चलाउने यस्ता एपमा तपाईँको दैनिक कति समय खर्च भइरहेको छ भन्ने बारेमा आज हामी चर्चा गर्दैछौँ । स्मार्टफोनमा सहजै आफूले दैनिक रुपमा बिताउने समय थाहा पाउन सक्नुहुन्छ ।

साथै कुनै पनि एप कति  समय चलाउने भनेर सिमा निर्धारण गर्न पनि सक्नुहुन्छ।  

फोनमा आफूले बिताएको समय थाहा पाउने कसरी ?

सुरुमा मोबाइलको सेटिङमा जानुहोस् ।

  1. त्यसपछि ‘डिजिटल वेलबिङ’ (Digital Wellbeing) मा जानुहोस् ।  
  1. त्यसमा तपाईँले आफूले दैनिक रुपमा फोनमा बिताएको समय देख्न सक्नुहुन्छ।

 साथै एप अनुसार आफूले फोनमा खर्च गरेको समय हेर्न सकिने सुविधा समेत त्यसमा रहेको हुन्छ ।  

त्यहाँ रहेको ड्याशबोर्ड (Dashboard) मा गएर बिगत एक हप्ता सम्मको आफ्नो फोनमा बिताएको समय पनि हेर्न सकिन्छ ।  

एपको समय सीमा निर्धारण गर्न सम्बन्धित एपको छेउमा रहेको तलतर्फ फर्किएको एरो बटन (down arrow) मा थिचेर समय तय गर्न सक्नुहुन्छ।  

https://unelma.io/wHwUP