आईफोनका पुराना मोडलहरू असुरक्षित बन्दै गइरहेका छन् । एप्पलले नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरेसँगै पुराना फोनहरूमा नयाँ सेक्युरिटी अपडेट दिँदैन । झट्ट सुन्दा यो त सामान्य हो, सधैँ यस्तै त हो नि भन्ने पनि लाग्न सक्छ ।

वास्तवमा प्रयोगकर्ताहरूका लागि भने यो ठूलो सुरक्षा चुनौती बन्नसक्छ । हरेक वर्ष एप्पलले नयाँ आईओएस सार्वजनिक गर्छ । नयाँ आईओएस अपडेटमा नयाँनयाँ फिचरहरू उपलब्ध हुन्छन् ।

नयाँ फिचरसँगै स्मार्टफोनको लागि नयाँ सुरक्षा अपडेटहरू पनि आउने गर्छन् । यही सेप्टेम्बरमा कम्पनीले आईओएस १६ सार्वजनिक गर्ने छ । यद्यपि धेरै आईफोनमा यो अपडेट नआउने भएको छ ।

यसको अर्थ हो नयाँ अपडेट नपाउने प्रयोगकर्ताहरूले फोनमा थुप्रै सेक्युरिटी अर्थात सुरक्षा फिचरहरू प्रयोग गर्न पाउने छैनन् ।आउने नयाँ आईओएस १६ आईफोन सिक्स एस, आईफोन सेभेन, आईफोन एसईको पहिलो जेनेरेसनका फोनमा उपलब्ध हुने छैन । 

कुनकुन आईफोनले पाउनेछन् आईओएस १६ अपडेट ? 

 आईफोन थर्टिन 

  • आईफोन थर्टिन मिनी 
  • आईफोन थर्टिन प्रो 
  • आईफोन थर्टिन प्रो म्याक्स 
  • आईफोन ट्वेल्भ 
  • आईफोन ट्वेल्भ मिनी 
  • आईफोन ट्वेल्भ प्रो 
  • आईफोन ट्वेल्भ प्रो म्याक्स 
  • आईफोन इलेभेन 
  • आईफोन इलेभेन प्रो 
  • आईफोन इलेभेन प्रो म्याक्स 
  • आईफोन एक्स एस 
  • आईफोन एक्स एस म्याक्स 
  • आईफोन एक्स आर 
  • आईफोन एक्स 
  • आईफोन एट 
  • आईफोन एट प्लस 
  • आईफोन एसई (दोस्रो जेनेरेसन)         
  • https://unelma.io/Ft4nb