काठमाडौं । भारत सरकारले गुगल, फेसबुकजस्ता ठूला प्रविधि कम्पनीलाई कन्टेन्ट प्रयोग गरेबापत सञ्चार माध्यमलाई शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

 

सरकारले गुगल, फेसबुकलगायतका इन्टरनेट कम्पनी र सञ्चारमाध्यमबीच आम्दानी बाँडफाँडका लागि बाटो बनाउने उद्देश्यका साथ यस्तो नियम ल्याउन लागेकाे हाे ।

 

यसअघि अष्ट्रेलियाले यो खालको अभ्यास सुरु गरेको थियो । अष्ट्रेलियाले प्रविधि कम्पनीले देशका सञ्चारमाध्यमको कन्टेन्ट प्रयोग गरेबापत पैसा तिर्नुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

 

अष्ट्रेलिया सरकारको उक्त निर्णयलाई ठूला प्रविधि कम्पनीहरूले विरोध गरेको थिए । यतिसम्म कि फेसबुक, गुगलले अष्ट्रेलियामा आफ्नो सेवा नै बन्द गर्ने धम्कीसमेत दिएका थिए ।

 

त्यसका बावजुद पनि अष्ट्रेलिया सरकार पछि नहटेसँगै अन्ततः उनीहरु बाध्य भएर उक्त व्यवस्थालाई आत्मासात् गरेका थिए ।

 

अष्ट्रेलियाले सुरु गरेको सोही कदमलाई भारतले पनि अपनाउने भएको हो । यसका लागि आईटी कानून नै परिमार्जन गर्ने तयारी भइरहेको भारतका आईटी तथा इलेक्ट्रोनिक्स मन्त्री राजिव चन्द्रशेखरले बताएका छन् ।

उनले विज्ञानको ठूलो रकम प्रविधि कम्पनीमा जाँदा भारतका सञ्चार माध्यममा असर परिरहेको भन्दै यो खालको व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।

यदि यो नियम लागू भएको खण्डमा कुनै पनि प्रविधि कम्पनीले भारतीय सञ्चार माध्यमको कन्टेन्टमार्फत गरेको आम्दानी बाँडफाँड गर्नुपर्ने हुन्छ ।    

https://unelma.io/WCryk