बिहीबार नेप्से परिसूचक ५.८७ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक ०.२९ प्रतिशतले घटेर २०४४.७२ बिन्दुमा पुगेर बन्द भएको छ। 

बिहीबार कारोबारमा आएका २२५ वटा धितोपत्र तथा ऋणपत्रको एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। 

बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको थियो। 

 

बिहीबार सेन्ट्रल फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य २.७४ प्रतिशतले बढेर अन्तिम मूल्य एक हजार ८७५ रुपैयाँ कायम भएको छ। 

बिहीबार मूल्य सर्वाधिक घट्नेमा आइसिएफसी फाइनान्सको ऋणपत्र रहेको छ। उक्त ऋणपत्रको मूल्य ६.७१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४६ रुपैयाँ कायम भएको छ। दोस्रोमा किसान लघुवित्तको सेयर मूल्य ५.३५ प्रतिशतले घटेर ८७५ रुपैयाँमा किनबेच भएको छ। 

यस दिन पनि सर्वाधिक सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको १७ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८०७ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८७ प्रतिशतले घटेको हो।

 

सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। आज बैंकको प्रतिकित्ता मूल्य ७२२ रुपैयाँमा ११ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ११ वटा समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।  

बैंकिङ समूहको परिसूचक ०.१७ र अन्य समूहको परिसूचक १.०९ प्रतिशतले बढेको छ भने व्यापार, जीवन बीमा र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको हो। 

https://unelma.io/jq08l